site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक अधिकारका लागि बलिदानी गर्ने समय सकियो – प्रधानमन्त्री 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन् । सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब क्रान्तीकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुत बनाउन सबैजना लाग्नु पर्ने बताएको उनको निजी सचिवालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । “राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन । राजनीतिक अधिकारसागै जनताका आधारभुत आवश्यकता पुरा भएको हुनु पर्दछ । त्यो मात्र पूर्ण लोकतन्त्र हो । सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुती जनतालाई गराउन लागि परेको छ,” प्रधानमन्त्री ओलीले भने । अब उनै सहिदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सहिद आजादले नेपाली जनताको मुक्ति र समानताका लागि जीवन आुहती दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “मेरो उहाँसँग भेट हुन पाएन । उहाँलाई पढें र सुने मात्र मैले । म जेलमै हुँदा उहाँ मारिएको खबर पाएँ । तर पनि उहाँलाई म बाटो नबिराउने गुरुको रुपमा स्मरण गर्दछु ।”

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजादको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजाद : नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि बिमोचन गरेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro