देश
![अवैध मदिरा उत्पादन गर्ने भट्टीबाट १७ हजार लिटर मदिरा नष्ट](https://12khari.de/uploads/posts/madira2019-02-21.jpeg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीबाट १७ हजार लिटर मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी वृत बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ नागेश्वर क्षेत्रबाट बरामद गरेको अवैध मदिरा नष्ट गरेको हो ।
प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १५,७०० लिटर र तयारी घरेलु मदिरा १,५०० लिटर बरामदपछि नष्ट गरिएको वृत वौद्धका डिएसपी नरेन्द्र चन्दले बताए । काठमाडौंमै सबैभन्दा बढी अवैध मदिराको उत्पादन बौद्ध क्षेत्रमा हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अवैध मदिरा सेवनका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै अपराध समेत बढ्न थालेपछि प्रहरी सक्रिय भएको डिएसपी चन्दले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५ १४:०४
प्रतिक्रिया दिनुहोस्