site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेल पदाधिकारीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन- १० दिनभित्र समग्र खेलकुदको रिपोर्ट मलाई चाहिन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको भ्रष्टाचार र अनियमितताको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । शनिबार राति युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टलाई आफ्नो निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

‘समग्र खेलकुदको विषयमा कुरा भयो । प्रधानमन्त्रीज्यूले आठौं राष्ट्रिय खेलकुद र १३औं साग (दक्षिण एसियाली खेलकुद) आयोजनाको तयारी अवस्थावारे जानकारी लिनुभयो । फुटबलमा भ्रष्टाचार र अनियमितता भएको विषय के हो, तत्काल राम्ररी छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुस् भन्नुभयो,’ सदस्यसचिव विष्टले बाह्रखरीसँग भने, ‘आठौं राष्ट्रिय खेलकुद र १३औं सागका लागि आवश्यक बजेट दिन तत्परता देखाउँदै उहाँले हामीसँग विस्तृत जानकारी माग्नुभएको छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

झण्डै साढे दुई घण्टा भएको भेटका क्रममा सदस्यसचिव विष्टले नेपालगञ्जलगायत प्रदेश नम्बर ५ का विभिन्न स्थानमा हुने तयारीमा रहेको आठौं राष्ट्रिय खेलकुद तथा अर्को वर्ष नेपालमा गर्ने भनिएको १३औं सागका लागि अपुग बजेट निकासा गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । सदस्य सचिवले खेलकुदमा रहेको बेरोजगारी अन्त्यका लागि सबै निजी र सामुदायिक विद्यालयमा एक खेलकुद शिक्षक अनिवार्य गर्ने व्यवस्थाका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहने प्रधानमन्त्रीले ‘आठौं राष्ट्रिय खेलकुद र १३औं सागको डिटेल रिपोर्ट मलाई दिनुस् । १० दिनभित्र समग्र खेलकुदको रिपोर्ट मलाई चाहिन्छ’ भन्दै खेल पदाधिकारीलाई कडा निर्देशन दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा फरक गुटलाई प्रतिनिधित्व गर्ने राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री विश्वकर्मा, उपाध्यक्ष तिम्सिना र सदस्यसचिव विष्टबीचको खराब सम्बन्धलाई समेत सम्बोधन गर्दै ‘मिलेर जान’ निर्देशन दिएका थिए ।

Global Ime bank

मन्त्री, उपाध्यक्ष र सदस्यसचिवको हप्तामा कम्तिमा दुई पटक बैठक गरेर प्रत्येक हप्ता खेलकुदको रिपोर्ट आफूलाई बुझाउन प्रधानमन्त्रीले खेल नेतृत्वलाई निर्देशन दिए । प्रधानमन्त्रीले सही ढंगबाट काम गरे बजेटको दुःख नहुने आश्वासन दिएको बताइएको छ । 

‘अब म एक्सनमा आएँ । खेलकुदको दिगो विकासको डिपिआर १० दिनभित्र ल्याउनुस् । कहाँ–कहाँ कति पूर्वाधार बनाउने, खेलाडी र प्रशिक्षकको वृत्तिविकासका योजना के छन् ? मलाई सबै चाहियो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलका एक सहभागीले थपे, ‘एन्फाको भ्रष्टाचार लगायतका विषयमा कुनै सम्झौता नहोस् । भ्रष्टाचारविरुद्ध जिरो टोलरेन्सको नीतिमा काम गर्नुस् । म हाम्रा भन्ने शब्द जान्दिन, राम्रा चाहियो । कसको मान्छे भन्दा पनि कस्ता मान्छे मात्र हेर्छु । सबै बेथितीको अन्त्य भएको हेर्न चाहन्छु । मानिसहरु विदेश लगेर छाड्ने रोग पनि खेलकुदमा छ भन्ने सुनिएको छ । मलाई अहिलेसम्म को लुक्यो र कसले लुकायो जस्ता कुराको फेहरिस्त चाहिन्छ ।’

प्रधानमन्त्रीले समग्र खेलकुदको विषयमा कुरा गरे पनि फुटबलको विवादमा भने बढी चासो देखाएको छलफलका सहभागीले बाह्रखरीलाई बताए । ‘फुटबलमा गम्भीर कुरा आएको छ । गम्भीर रुपमै छानबिन गर्नुस् र अरु खेल संघहरुमा पनि बेथिति तत्काल अन्त्य गरेर मलाई रिपोर्ट गर्नुस् भन्नुभयो,’ एक सहभागीले भने  ।

सदस्यसचिव विष्टले यसै वर्ष वैशाखमा भएको एन्फा निर्वाचनका दौरान भएको भनिएको सबै अनियमितता र भ्रष्टाचारको विषयमा एन्फासँग जानकारी माग गरिएको बताए । ‘एन्फा निर्वाचनमा ठूलो आर्थिक चलखेल भएको, ज्यान मार्ने धम्की दिइएको लगायतका विषयमा अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले दिएको निवेदनमाथि कारबाही गर्ने क्रममा हामीले एन्फासँग जानकारी माग गरेका थियौं । तर अहिलेसम्म उहाँहरुले जानकारी गराउनुभएको छैन । अहिले चार जिल्ला फुटबल संघका अध्यक्षहरुले तिनको अडियो टेपसहित निवेदन दिनुभएको छ । यसमा छानबिन समिति बनाउने तयारी गरिरहेका छौं,’ सदस्यसचिव विष्टले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC