site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नारायणीको बाढीले तटबन्धको स्पर बगायो
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।


चितवन । नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बिहानदेखि नदीले स्पर बगाउन थालेको भरतपुर महानगरपालिका­२८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । 

“पाँचवटा स्परमध्ये एउटा बगाएको हो”, उनले भने, “नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।” 

Global Ime bank

सो क्षेत्रमा आसपासका स्परहरु समेत बगाउने खतरा बढेकाले रोकथामको काम गरिएको उहाँले जानकारी दिए । भरतपुर महानगरपालिकाको वडा नं १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

यसैबीच नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघेको छ । शुक्रबार दिउँसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

महाशाखाका अनुसार नारायणी र देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो ।  नारायणीमा अझै जल सतह बढ्न सक्ने महाशाखाले जनाएको छ । 

देवघाटमा रहेको जल मापन केन्द्रले दिउसो ३ बजेसम्म ७.७७ मिटर र नारायणगढ पुलमा ११.१७ मिटर पानी मापन गरेको छ । बाढीले खतरा पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तल्लोतटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवन र नवलपरासीले आग्रह गरेका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC