काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान र भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले ४ जना र वृत जगातीको टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
ललितपुर महालक्ष्मीस्थानमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखत बहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने बिजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बराम ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेट,ओनरफे ५ बोतलसहित पक्राउ परेका हुन ।
यस्तै भक्तपुर सल्लाघारीमा बा८४प १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङ साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान सहित पक्राउ परेका छन् ।