site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव शनिबार बिहान मृत फेला परेका हुन् ।

स्थानीयले मकै बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गए रातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सर्लाहीको सदरमुकाम मलंगवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । शनिबार बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलंगवा नगरपालिका–१० का राउत मलंगवा–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए । अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनको शव शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रनाउ दीपक श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro