site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एपीएफ छैटौँपटक च्याम्पियन

काठमाडौं । साविक उपविजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सातौँ केएनपी नेरोलेकशेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५– २२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो । एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

सातौँ संस्करणको समाप्तिमा एपीएफ छैटौँपटक च्याम्पियन बन्यो । छैटौँ संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो । त्यो संस्करणको फाइनलमा एपीएफ न्यु डायमन्डसँग चुकेको थियो ।

अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोबिन लिगमा पुलिस, नेपाल आर्मी र न्यु डायमन्डलाई हराएको थियो । विजेता एपीएफले चार लाख ९९ हजार र उपविजेता पुलिसले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो । तेस्रो स्थानका निम्ति भएको खेलमा न्यु डायमन्डले आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले पाखा लगायो । राउन्ड रोबिन लिगमा पनि न्यु डायमन्डले आर्मीलाई हराएको थियो । न्यु डायमन्डकी रीमा कुँवर ‘प्लेयर अफ दी म्याच’ बनिन् । न्यु डायमन्डले एक लाख २५ हजार र आर्मीले ६२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार रुपैयाँबाट पुरस्कृत भइन् । पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पुरस्कार जिते । हरेक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा चार टिम सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro