site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोखरा रंगशाला निर्माण सुरु, १६ हजार ५ सय दर्शक क्षमता, ६ महिनाभित्र बनिसक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले आयोजना गर्ने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नयाँ बनाउने भन्दै पोखरामा गत वर्ष भत्काइएको रंगशाला निर्माणको काम निक्कै ढिलोगरी सोमबार सुरु भएको छ । 

नेपाली खेलकुदको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निर्माण जिम्मा पाएको एमए–जिएसआई कन्स्ट्रक्सन जेबी कम्पनीसँग पुस १३ गते सम्झौता गरे पनि सोमबारबाट सर्वेको काम सुरु भएको हो । सहारा क्लबले अनाथ, असहाय र विपन्न वर्गका बालकहरुका लागि सञ्चालन गरेको सहारा फुटबल एकेडेमीको सहयोगार्थ हरेक वर्ष गर्दै आएको आहा–रारा गोल्डकप सुरु हुन केही दिनमात्र बाँकी रहँदा तत्काल बनाउनुपर्ने भन्दै राखेपले गत वर्ष पोखरा रंगशाला भत्काएको थियो । सहारा र कास्की जिल्ला फुटबल संघका पदाधिकारीले केही दिनमात्र भत्काउने काम रोक्न गरेको अनुरोध लत्याउँदै प्रतियोगिता नै प्रभावित हुने गरी राखेपले रंगशाला भत्काएको थियो । 

भत्काउन हतार गरे पनि बनाउने काममा कुनै चासो नदिएको राखेप नेतृत्वले सरकारबाट बजेट नआएका कारण पोखरा रंगशाला अन्योलमा परेको भन्दै पन्छिँदै आएको थियो । सुरुमा भत्काउँदा २५ हजार दर्शक क्षमताको रंगशाला बनाउने भने पनि अहिले राखेपले निर्माण कम्पनीसँग १६ हजार ५ सयमात्र दर्शक अटाउने रंगशाला बनाउन सम्झौता गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

\"\"१ अर्ब २८ करोड रुपैयाँको लागतमा रंगशाला बनाउने सम्झौताअनुसार ६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । ठेकेदार कम्पनीका प्रतिनिधि हरिबाबु न्यौपानेका अनुसार निर्माणको काम अघि बढ्दै जाँदा दर्शक क्षमता १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ । 

‘त्यसो हुँदा अहिलेलाई १८ हजार २ सय ५० दर्शक क्षमतासम्म हुन सक्छ । तर भविष्यमा क्षमता वृद्धि गर्न सकिने ठाउँ राखेर निर्माण हुन्छ । भविष्यमा २५ देखि ३० हजारसम्मको क्षमतामा वृद्धि गर्न सकिन्छ,’ न्यौपानेले समयमै निर्माण सम्पन्न गर्नेमा आश्वस्त पार्दै बाह्रखरीसँग भने, ‘सरकारले बजेट निकासामा विलम्ब नगरे ६ महिनामा निर्माण पूरा भइसक्छ । अहिलेको मोडुलर प्रविधिअनुसार सबै कुरा कारखानामा तयार गरेर यहाँ फिट गर्नेमात्र हो ।’ 

Global Ime bank

सर्वेका लागि पोखरा रंगशाला पुगेका न्यौपानेले त्यहीँबाट बाह्रखरीलाई जानकारी गराएअनुसार वर्तमान सम्झौतामा रंगशालाको एकापट्टिमात्र प्यारापिटलाई छानो हाल्ने व्यवस्था छ । प्रारम्भिक डिजाइनमा सम्झौता भए पनि अन्तिम अवस्थामा हुन सक्ने सामान्य हेरफेरका लागि आगामी १५ दिन परिषद् नेतृत्व, प्राविधिक र निर्माण कम्पनी सर्वेमा व्यस्त हुनेछन् । 

‘१५ दिनभित्र सबै पक्षको सहमतिमा डिजाइनलाई अन्तिम रुप दिएपछि तत्काल कारखानामा हामी अर्डर गर्नेछौं । यो बन्न कारखानामा पनि समय लाग्ने होइन । त्यहाँबाट यहाँसम्म ल्याउनमात्र समय लाग्ने हो,’ न्यौपानेले भने, ‘भोलिका दिनमा कुनै कन्फ्युजन नहोस् भनेर हामीले अहिले डिजाइन फाइनल गर्नका लागि सर्वेमा थप १५ दिन छुट्याएका छौं । बजेट समयमा आए ६ महिनाभित्र मज्जासँग सकिन्छ ।’ 

\"\"पोखरा रंगशाला परिसरमै झण्डै ३ हजार क्षमताको कभर्डहल बनाउन १५ महिनाको सम्झौता गरे पनि यही निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा पनि अझै निर्माण सम्पन्न गरिसकेको छैन । २०७० चैतमा १५ महिनाभित्र बनाउने सम्झौता गरेको कभर्डहल अहिले निर्माणको अन्तिम चरणमा छ ।

‘त्योबेला र अहिलेको अवस्था फरक हो । त्यो बेला मनिटरिङ गर्ने, डिजाइन गर्ने र एक्जिक्युसन गर्ने फरक निकाय थिए । जसले गर्दा अन्योलमै धेरै समय बित्यो । अहिले राखेप र हामीबीच कोही छैन । त्यसैले अहिले समयमा बनाउन नसके सम्पूर्ण जिम्मेवारी हाम्रो हुन्छ,’ उनले थपे ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले बजेट अभावले कुनै विलम्ब नहुने बताए । ‘हामीले आसन्न १३औं सागलाई लक्षित गरेर पोखरा रंगशाला बनाउन लागेका हौं । साग भनेको देशको गौरवको विषय हो । यसका लागि बजेट निकासामा सरकारले विलम्ब गर्नेछैन,’ सदस्यसचिव विष्टले भने ।

२०१६ मा भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं सागको समापनमा १३औं संस्करण आयोजकको हैसियतले नेपालले झण्डा लिएको थियो । झण्डा लिँदा गरेको बाचाअनुसार भए नेपालमा गत वर्ष नै दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेला भइसक्नु पर्ने थियो । तर पूर्वाधार निर्माणमा सिन्को नभाँचेका कारण पटक पटक सार्नुपरेको साग आगामी सेप्टेम्बरमा गर्ने भनिएको छ । 

तस्बिर साैजन्य : सुदर्शन रञ्जीत

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय