विदेश
वाशिङटन । अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको सभामुखमा विपक्षी पार्टी डेमोक्र्याटकी नेतृ नान्सी पेलोसी निर्वाचित भएकी छन् । विहीबार उनी सभामुख पदमा निर्वाचित भएकी हुन् । हालैको मध्यावधी निर्वाचनका क्रममा अमेरिकी संसदको तल्लो सदन विपक्षीको कब्जामा गएपछि संसदको ११६औं सत्र विहीबार शुरु भएको हो ।
माथिल्लो सदन सिनेटमा भने सत्तापक्ष रिपब्लिकनकै बहुमत रहेको छ । अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि मागेको बजेट स्वीकृत नगरेका कारण गएको १४ दिनदेखि अमेरिकाका सरकारी गतिविधि आंशिक रुपमा बन्द रहेका बेलामा संसदको नयाँ सत्र शुरु भएको हो । (एजेन्सी)
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५ ०८:१८
प्रतिक्रिया दिनुहोस्