site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आठौं बृहत् राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने पक्का
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण नेपालगञ्जलगायत तत्कालिन मध्य पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न सहरमा हुने तय भएको आठौं बृहत् राष्ट्रिय खेलकुद महोत्सव फेरि पनि निर्धारित समयमा नहुने पक्का भएको छ । 

तीन महिनाअघि नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बैठकले मंसिर ८ बाट मध्य पश्चिमाञ्चलमा गर्ने तय भएको आठौं बृहत् राष्ट्रिय खेलकुद माघ २५ देखि गर्ने गरी सार्ने निर्णय गरेको थियो । तर समयमा पूर्वाधार तयार नहुने भएपछि माघ २५ देखि फागुन ३ सम्मका लागि सारिएको मितिमा पनि राष्ट्रिय खेलकुद हुन नसक्ने भएको छ । 

परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बोर्ड बैठकको निर्णय हवाला दिँदै भौतिक पूर्वाधार निर्माणमा पर्याप्त काम हुन नसकेको भन्दै नयाँ मिति घोषणा गरेका थिए । तथापि परिषद्ले अझैसम्म पनि नयाँ मिति औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

‘हामी राष्ट्रिय खेलकुदलाई लिपपोत गरेर सम्पन्न गर्ने पक्षमा छैनौं । आठौं राष्ट्रिय खेलकुद हुँदा यसकै कारण यो क्षेत्रले केही राम्रा पूर्वाधार पाउनुपर्छ । अहिले झारो टारेर गर्ने हो भने दुई वर्षपछि अहिले ठूलो रकम खर्चेर बनाएका पूर्वाधारको अस्तित्व नदेखिने अवस्था आउँछ,’ भौतिक पूर्वाधार निर्माणको अवस्था अवलोकन गर्न नेपालगञ्ज पुगेका परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने, ‘हामीले पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा पनि राज्यको ठूलो धनराशी पूर्वाधार बनाउन भनेर खर्च गर्यौं । तर अहिले तिनको उपभोग गर्ने अवस्था छैन । त्यसैले अब गरिने हरेक कामको जवाफदेहिता हुनुपर्छ । अहिले आठौं राष्ट्रिय खेलकुदका लागि बनाएका पूर्वाधार यो क्षेत्रले भविष्यसम्म उपयोग गर्न पाउनुपर्छ ।’ 

\"\"सदस्यसचिव विष्टले माघ २५ मा नेपालगञ्ज रंगशालामा राष्ट्रिय खेलकुदको उद्घाटन घोषणा गरे पनि ठेकेदारसँग भने परिषद्ले रंगशाला बनाउनका लागि माघ २८ सम्मको समय दिएको थियो । तर झण्डै तीन हजार दर्शक क्षमताको भिआइपी प्यारापिट निर्माणका लागि बुधबारबाट जग खन्न सुरु गरिएको नेपालगञ्ज रंगशाला माघ मसान्तसम्ममा पनि तयार हुने सम्भावना छैन । 

Global Ime bank

उपाध्यक्ष तिम्सिनाले मंसिरमा नभए पनि नयाँ मिति परिषद्ले तोकिनसकेको बताउँदै दुई हप्तापछि पूर्वाधार निर्माणको अवस्था हेरेर नयाँ मिति निर्णय गर्ने बताए । ‘अब दुई हप्तापछि रंगशाला निर्माणको कामले एउटा आकार लिन्छ । त्यसपछि कहिलेसम्म बनिसक्छ भन्ने अनुमान लगाउन सजिलो हुन्छ । त्यो हेरेर परिषद्को बोर्ड बैठकले नयाँ मिति निर्णय गर्नेछ,’ राष्ट्रिय खेलकुद कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो मैले भन्ने विषय होइन । मिति तोक्ने काम परिषद् बोर्डको हो । सदस्यसचिव वा मन्त्रीले पनि मिति तोक्ने होइन ।’

मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम ओली फागुनको दोस्रो सातासम्ममा राष्ट्रिय खेलकुद सुरु गरिसक्ने विश्वास व्यक्त गर्छन् । ‘पूर्वाधार निर्माणमा धेरै काम भइसकेको छ । नेपालगञ्ज रंगशालाको काम अहिले हाम्रो लागि मुख्य चुनौती हो । तर हामीलाई ठेकेदारले माघ मसान्तसम्ममा घाँससहितको रंगशाला दिने वचन दिएको छ । त्यसपछि १५ दिनमा हामी बाँकी काम भ्याइसक्छौं,’ ओलीले भने, ‘सरकारले बजेट निकासा नगरेका कारण दुई वर्षअघि घोषणा भए पनि पछिल्लो ६ महिनामामात्र हामीले पूर्वाधार निर्माणमा काम गरेका हौं । कुनै पनि मूल्यमा हामी आठौं राष्ट्रिय खेलकुदको मिसन पूरा गरेरै छाड्छौं ।’

रंगशालाकै छेउमा ओलीले यस्तो बताइरहँदा मैदानको ढिस्को सम्याइरहेका दुई एक्जाभेटर अनि झण्डै दर्जन हाराहारीका कामदारको काम गर्ने गति र रंगशालाको वर्तमान अवस्थाले उनलाई गिज्याइरहेको थियो । उनकै अनुसार ‘प्रि फेब्रिकेटेड’ प्रविधिबाट बनाइने भिआइपी प्यारापिटका सामग्रीहरु मलेसियाबाट ल्याउनुपर्छ, जुन मलेसियाबाट अझै पठाइएको छैन । सामान मलेसियाबाट हिँडेपछि नेपालगञ्ज आइपुग्न ४० देखि ४५ दिन लाग्ने बताइएको छ । नेपालगञ्ज पुगिसकेपछि पनि त्यसलाई फिट गर्नमात्र अर्को ४० देखि ४५ दिन लाग्ने प्राविधिकहरु बताउँछन् । 

‘रंगशाला राम्ररी बनाएरै गर्ने हो भने अर्को वर्षमात्र तयार हुन्छ । होइन कामचलाउ गर्ने हो भने दिनरात काम गरे चैत मसान्तसम्ममा होला,’ प्राविधिकलाई उद्यृत गर्दै एक खेल पदाधिकारीले भने, ‘ठेकेदारले मलेसियाबाट अझै सामान नै पठाएको छैन । मैदानको हालत बालुवा खानीको जस्तो छ । त्यसमा घाँस पलाउन समय लाग्छ । प्रकृतिलाई नै जित्न सकिन्न । त्यसैले जति गरे पनि रंगशाला कामचलाउ बनाउनमात्र अझै चार महिना लाग्छ ।’

फागुनपछि नेपालगञ्जको मौसम खेलमैत्री नहुने भन्दै स्थानीय नेतृत्वले फागुनभित्रै राष्ट्रिय खेलकुद गरिसक्नुपर्नेमा जोड दिँदै आएको छ । ‘चैत लागेपछि गाह्रो हुन्छ । गर्मी खपिनसक्नु हुन्छ, हावा र हुरीले पनि दुःख दिन्छ । त्यसैले हामीले फागुनभित्रै जसरी पनि गरिसक्नु पर्छ,’ ओलीले भने । 

\"\"सदस्य सचिव विष्टका अनुसार आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक पूर्वाधार निर्माणलाई ३३ करोड रुपैयाँ बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि ३५ करोड रुपैयाँ आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको उनले बताए । ‘दुई वर्षअघि सातौं राष्ट्रिय खेलकुद गर्न ३३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यसपाली दुई प्रदेश र एनआरएनको एउटा टिम थपिएकाले अलिकति खर्च बढ्न सक्छ । तर अर्थ मन्त्रालयले सातौंअनुसार नै खर्च गर्न निर्देशन दिएको छ,’ बाह्रखरीसँगको कुराकानीमा सदस्यसचिव विष्टले भनेका थिए ।

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चलन थियो । यसपाली देश संघीय संरचनामा गइसकेकाले राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टिम संख्या बढेर १० पुगेको छ । त्यसमा गैरआवासीय नेपाली (एनआरएन) को एउटा टिम पनि समावेश गर्ने भएपछि मध्यपश्चिममा कुल ११ टिमले सहभागिता जनाउनेछन् । टिम संख्या बढेको तथा खेलाडीलाई दिइने दैनिक भत्ता बढाउनुपर्ने भन्दै राखेपले आठौं राष्ट्रिय खेकलुद आयोजनाका लागि ५० करोड रुपैयाँ माग गरेको थियो । तर अर्थ मन्त्रालयले सातौं संस्करणकै अनुपातमा खर्च गर्नु भनेर निर्देशन दिएको सदस्यसचिव विष्टले बताए । 

तथापि अझैसम्म अर्थबाट बजेट आइसकेको छैन । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीका अनुसार राष्ट्रिय खेलकुद सम्पन्न गर्न अझै ४३ करोड रुपैयाँ अपुग छ । जुन तत्काल निकासा नभए राष्ट्रिय खेलकुद समयमा सम्भव छैन । ‘२०७३ सालमा हामीलाई आयोजकको नाताले झण्डा हस्तान्तरण गरे पनि २०७४ मा तयारीका लागि बजेट निकासा भएन । यसपाली आएको बजेट सबै प्रक्रिया पूरा गरेर काम थाल्दा ढिलो भएको हो,’ उनले भने,  ‘अझै अपुग रकम तत्काल चाहिन्छ । त्यो पैसा नआए सम्भव छैन । त्यसैले हामीलाई पैसा आउने ग्यारेन्टी चाहियो ।’

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय