site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाल्गुनन्द गोल्डकप : एनआरटी सेमिफाइनलमा

पाँचथर । फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) क्लब, काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा गएको थियो । टाइब्रेकरमा एनआरटीका कृतिश छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन विष्टले गोल गरे । सल्हेशका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गरे पनि विदेशी खेलाडी हेनरीको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाएपछि जित सुनिश्चित भएको थियो ।

आजको खेलको उत्कृष्ट खेलाडी एनआरटीका अभिषेक लिम्बू घोषित भइ १० हजार पुरस्कार प्राप्त गरे । क्वाटरफाइनल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको छ । जसअनुसार भोलि शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ ।

त्यसैगरी शनिबार एनआरटीले मछिन्द्र क्लबको सामना गर्नेछ । फाइनल खेल यही पुस १५ गते हुने छ । प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कारसहित ट्रफी प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । रासस

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro