site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुवै पक्षबाट सातामा १४-१४ उडान गर्ने गरी नेपाल-कम्बोडियाबीच हवाई सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं ।नेपाल र कम्बोडियाबीच दुवै पक्षका ताेकिएका वायुसेवा कम्पनीले सातामा १४-१४ उडान गर्ने गरी हवाई सेवा सम्झौता भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेटरिएट अफ सिभिल एभिएसन माअाे हाभानालले बिहीबार राजधानीमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी अाेली र उनका समकक्षी  कम्बोडियाका हुन सेनकाे उपस्थितिमा द्विपक्षीय हवाई सेवा सम्झौता भएकाे हाे । कम्बोडिया नेपालसँग हवाई सम्झौता गर्ने ३९अाैं राष्ट्र भएको छ । सम्झौताअनुसार दुवै देशका सरकारबाट ताेकिएका वायुसेवा कम्पनीले प्रत्येक साता १४-१४ उडान गर्न पाउनेछन् भने कार्गो उडान असीमित गर्न पाउनेछन् ।

“दुवै देशका जतिवटा वायुसेवा कम्पनी भए पनि त्यही १४-१४ उडान संख्या नै बाँडेर लिने हाे,” पर्यटन मन्त्रालयका सहसचिव सुरेश अाचार्यले बाह्रखरीसँग भने, “यसमा सिट संख्या ताेकिएकाे छैन । जत्राे अाकारकाे जहाज ल्याए पनि एक पक्षबाट दैनिक २ उडानमात्र गर्न पाइने छ ।”

Global Ime bank

दुवै देशबीच `काेअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट काेड सेयर´ सम्झौता समेत भएको छ । याे भनेको दुवै देशका ताेकिएका वायुसेवा कम्पनीले तेस्रो देशका वायुसेवा कम्पनीसँग सिधा काेड सेयर गरेर उडान सेवा दिन सक्ने सम्झौता हाे ।

लगभग सतप्रतिशत बाैद्ध धर्मावलम्बी रहेको कम्बोडियासँगकाे हवाई सेवा सम्झौताबाट बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा अाउने कम्बोडियाली पर्यटक उल्लेख्य दरमा बढ्न सक्ने सम्भावना उच्च रहेको सहसचिव अाचार्यले बताए  ।

तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय