site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्त्य होला त खेलकुदमा दोहोरो सत्ता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली खेलकुदमा थुप्रै खेलका दुई संघ समानान्तर अस्तित्वमा छन् । तेक्वान्दो, कराते, जिम्न्यास्टिक, पारा ओलम्पिक, कुस्ती, टेबल टेनिसलगायत खेलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दुई संघले समानान्तर रुपमा काम गर्दै आएका छन् । यसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आयोजनामा समेत बेलाबखत विवाद सिर्जना हुने गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट विभिन्न खेल संघमा रहेको दोहोरो सत्ता आगामी दुई महिनाभित्रै समाप्त गर्ने दाबी गर्छन् । आगामी माघ २५ देखिका लागि तोकिएको आठौं बृहत् राष्ट्रिय खेलकुद महोत्सव पनि तोकिएकै मितिमा गरेरै छाड्ने प्रतिबद्धता उनले जनाएका छन् । राष्ट्रिय खेलकुदअघि नै सबै खेलमा विवाद मिलाएर एक खेल एक संघ बनाउने उनको प्रतिबद्धता छ । त्यसका लागि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग सहकार्य गर्ने उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता भनेर खेलकुदमा समानान्तर संघ हुँदा धेरै समस्या भइसक्यो । अब यो समस्या समाधान नगरी हुँदैन । हामीले सबैलाई क्रमैसँग आफैं समस्याको निकास निकाल्न समय दिँदै आएका छौं । तेक्वान्दोका साथीहरुले सक्नुभएन, अब हामी मिलाउँछौं । यसैगरी सबै खेलमा पहिला उहाँहरुलाई नै समाधानको बाटो खोज्न मौका दिन्छौं, सक्नुभएन भने हामी आफै मिलाउँछौं,” सदस्यसचिव विष्टले बाह्रखरीसँग भने, “युवा तथा खेलकुद मन्त्रालय, ओलम्पिक कमिटी र राखेपको एक मत बनाएर सबै संघको समस्या अब हल हुन्छ । म, मन्त्रीज्यू र एनओसीका अध्यक्षज्यूको एकमत बनाएर हल गर्छौं ।”

यसअघि संघका मानिसलाई दोष दिएर पन्छिए पनि अब यसरी पन्छिन नसक्ने विष्ट बताउँछन् । “संघका मानिसले नसकेपछि हामी आफैंले समस्या समाधान गर्नुपर्छ, नत्र दोष लिनुपर्छ,” उनले जोड दिए, “राखेप, एनओसी र मन्त्रालयले राष्ट्रिय खेलकुदअघि नै सबै समस्या मिलाउँछ । कुनै संघले अन्तर्राष्ट्रिय वा राष्ट्रिय मान्यता भनेर अटेर गरे त्यो संघ नेपाली खेलकुदको दायराभित्र बस्दैन ।”

Global Ime bank

सदस्यसचिवले यसो भनिरहँदा पनि नेपाल ओलम्पिक कमिटीको वैधानिकता विवाद भने यथावत छ् । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को मान्यताका आधारमा काम  गरिरहेको छ । जबकि सर्वोच्च अदालतले रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसीको पुरानै कमिटीलाई वैधानिकता दिएका कारण बेलाबखत एनओसी विवाद बल्झिइरहने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय