site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला परिवारको पीडाः हत्यारा पत्ता नलागेसम्म कसरी टिका लगाउनु, गाउँले भन्छन्,–दसैंं छैन दसैंजस्तो
SkywellSkywell

काठमाडौं । ‘‘छोरी नै नरहेपछि कसलाई टिका लगाउनू दसैंंमा । न त छोरीको हत्यारा नै पत्ता लाग्यो । यसपाली हामी दसैंं मनाउदैनौं,’’ निर्मला पन्तका बुबाले मलिन स्वरमा बाह्रखरीसँग भने । गत साउन १० गते साथी रोशनी वमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ । तर ३ महिना वित्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन् । निर्मलाका बुवा यज्ञराज भन्छन्,‘‘छोरीकोे जुठो त १०÷१५ दिनमै पखालिन्छ । तर हामी दसैं मनाउदैनौं । हत्यारा पत्ता नलागेसम्म कसरी विजयको टिका लगाउनु ? हामीले राज्यका हरेक निकायका व्याक्तिहरुलाई भेट्यौं, न्यायको आवश्वासन पायौं तर व्यावहारमा त्यसो देखिएन । उल्टै बेलाबेला कञ्चनपुर प्रहरीको हप्की खानुपरेको छ,’’ यज्ञराजले भने । 

निर्मला हत्यापछि गाउँ पनि शोकमै छ । निर्मलाको न्यायको निम्ती झण्डै ३ महिनादेखि सडकमा दबाब सिर्जना गर्न निस्किएका गाउँलेको मन पनि हत्यारा पत्ता नलाग्दा अमिलो भएको छ । स्थानीय अम्बादत्त तिवारी भन्छन्,‘‘निर्मला हत्यारा पत्ता नलाग्दा सबैमा निराशा छ । यसपाली गाउँ शोकमै छ । त्यसैले होला दशैं छैन दशैंजस्तो ।’’ 

KFC Island Ad
NIC Asia

गरिब परिवारमा जन्मिएकी निर्मला शान्त स्वभावकी थिइन् । स्थानीय सरस्वती माविमा कक्षा ६ मा अध्ययनरत निर्मला धर्मकर्ममा विश्वास गर्थिन् । फूर्सदको समयमा ईश्वर, जनावरलगायतका चित्र कोर्थिन् । उनको हत्यापछि उनीसँगै पढ्ने साथीहरुले प्रधानमन्त्रीलाई पत्र लेखेका थिए । 

निर्मला हत्याका विषयमा प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ती आएपछि निर्मलाका परिवारसँगै गाउँलेहरुमा पनि निराशा छाएको थियो । यसअघि कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तको रुपमा भीमदत्तनगरपालिका–१९ का दिलिप विष्टलाई सार्वजनिक गरेको थियो । तर दिलिपको डीएनए म्याच नगरेपछि उनी छुटेका थिए ।

Royal Enfield Island Ad

अनुसन्धानकै क्रममा वम दिदीबहिनीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दिलिपसँगै उनीहरु पनि छुटेका थिए । रोशनी साधारण तारेखमा छुटेकी थिइन भने दिदी अनिता ३० हजार धरौटीमा छुटेका थिए । निर्मलाका परिवारजनले अझै पनि हत्या जानकारीको आशंका वम दिदीबहिनीमाथि नै गर्दै आएका छन् । गृहले गठन गरेको उच्चस्तरीय छानविन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धान र निर्मला हराएको खबर पाउँदा पनि प्रहरीले गरेको लापरवाहिपूर्ण व्यावहारलाई गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ ।

निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपीसहित ६ जना प्रहरी निलम्बनमा परेका छन् भने २३ जनामाथी एआईजी धिरु बस्न्यातको टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरीको आधा दर्जन टोलीले निर्मला हत्याको अनुसन्धान गरिरहेको भएपनि हत्यारासम्म पुग्ने चित्तबुझ्दो सुराक प्रहरीले भेटाउन सकेको छैन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro