site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेटिएन हराएको साढे ३३ किलो सुन, गोरेका भाइ रमेशलाई दुबईबाट नेपाल ल्याउने तयारी
SkywellSkywell

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा संलग्न एक अभियुक्त दुबईमा पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल प्रहरीको सहयोगमा सुनसरीको इटहरी उपमहानगरपालिका घर भएका ३२ वर्षीय बेनु श्रेष्ठलाई पक्राउ गरी आइतबार नेपाल ल्याइएको हो । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार पक्राउ परेका श्रेष्ठलाई सोमबार (आजै) मोरङ पठाउने तयारी छ । सनम हत्या र सुन तस्करी प्रकरणम मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । मोरङ प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पक्राउ परेका श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करीमा लगानी गर्ने गरेको सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले आैंल्याएको थियो ।

प्रहरी प्रवक्ता थापाका अनुसार सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवाल, मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध गत असारमा रेड नोटिस जारी गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठ सुन तस्करीसँगै हुन्डीको कारोबारी भएको खुलेको थियो । प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार सुन तस्करी र सनम हत्या प्रकरणमा १३ जनाविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । श्रेष्ठ पक्राउ परेसँगै अब १२ जना इन्टरपोल प्रहरीको खोजीमा छन् ।

KFC Island Ad
NIC Asia

प्रहरी स्रोतका अनुसार गोरेका भाइ रमेश उप्रेतीलाई पनि दुबईबाट नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको छ । रमेशले दुबईमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । ‘‘रमेश दुबई प्रहरीको पूर्ण निगरानीमा छन् । उनीविरुद्ध नेपालबाट आवश्यक विवरण पठाउने काम भइरहेको छ । उनी औपचारिक रुपमा पक्राउ नपरेपनि भाग्न सक्ने अवस्थामा छैनन् । सबै विवरण पठाएपछि उनलाई पक्राउ गरेर दुबई प्रहरीले नेपाललाई बुझाउँछ,’’ प्रहरी स्रोतले भन्यो । 

यसअघि यही प्रकरणमा पक्राउ परेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र पूर्व डिआइजी गोविन्द निरौला उच्च अदालत विराटनगरको आदेशमा थुनामुक्त भइसकेका छन् । प्रहरी प्रधान कार्यालयले लोहनी, खनाल र केसीमाथिको निलम्बन फुकुवासमेत गरिकसकेको छ । 

Royal Enfield Island Ad

गत माघ ७ गते युएईबाट आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा गायब भएपछि सुन लुकाएको आशंकामा गोरेको समूहले गत फागुन १८ मै मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । सनमको हत्यापछि नै सुन तस्करीकाण्ड चर्चामा आएको थियो । सुनकाण्ड र सनम शाक्यको अनुसन्धानका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा चैत १९ गते विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

टोलीले सुन तस्करीमा गोरे समूहको मुख्य संलग्नता रहेको र त्यसमा तत्कालीन अपराध महाशाखा, विमानस्थलका कर्मचारी, भन्सार कर्मचारी, विमानस्थल प्रहरीका अधिकारीको संलग्नता औंल्याएको थियो । मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको सनम हत्या र सुन तस्करी प्रकरणमा टोलीले गोरेको समूहले विभिन्न समयमा ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । 

सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानबिन गर्न सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन भने पत्ता लगाउन सकेन । हराएको साढे ३३ किलो सुन नभेटिएपछि सुन कहाँ छ ? भन्ने प्रश्न बेलाबेला उठ्दै आएको छ । समितिले ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनमा सुन तस्करीमा कुनै न कुनै रुपमा जोडिएका सम्भावित व्यक्तिहरुको नाम पनि उल्लेख छ ।

सुनको अनुसन्धानको जिम्मा पाएको समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि हराएको सुन खोज्ने र फरार अभियुक्त समात्ने जिम्मेवारी महानगरीय अपराध महाशाखालाई दिइएको छ । महाशाखाका एसएसपी धिरजप्रताप सिहंले भने, ‘‘मौखिक रुपमा महाशाखालाई जिम्मेवारी दिइएको हो, हराएको सुन र फरार अभियुक्तलाई खोजिरहेका छौं ।’’

गायब भएको सुन प्रकरणकै जोडिएका सनम शाक्यको हत्या भएको थियो भने सानु बनको ट्यांकरको ठक्करबाट मृत्यु भएको थियो भने प्रेमलाल चौधरी महानगरीय प्रहरी वृत सिंहदरबारको शौचालयमै आत्महत्या गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro