site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन घातक बन्दैछ प्रचण्ड र वामदेवको ‘केमेस्ट्री’ ?
SkywellSkywell

काठमाडौँ । नेपालीमा एउटा प्रचलित उपमा छ– ‘ठूलीआमा र सानीआमाका छोरा जस्ता !’ यही उपमाले भनेका पात्र खोज्दै जाने हो भने नेपाली राजनीतिमा दुई व्यक्ति भेटिन्छन् । ती हुन्, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही पार्टीका अर्का नेता वामदेव गौतम । र, यी दुईबीचको स्वभाव, विचार, दृष्टिकोण र कार्यशैलीको ‘तादात्म्यता’ मुलुक र नवगठित ने क पाकै लागि पनि निकै घातक बन्दैछ । 

त्यसको छनक सोमबारको सचिवालयको बैठकमा देखियो । काठमाडौं–७ का निर्वाचित सांसद रामवीर मानन्धरको राजीनामा दिने ‘सङ्कल्पपत्र’ महासचिव विष्णु पौडेलले सुनाए । बर्दिया– १ को जनमतबाटै अस्वीकृत वामदेवलाई संसद प्रवेश गराउन मानन्धरले क्षेत्र खाली गरिदिने ‘प्रतिवद्धता पत्र’ थियो त्यो । र, त्यसको डिजाइनर पदीय हिसाबले अध्यक्ष र कार्यसम्पादनका हिसाबले सहअध्यक्षको भूमिका निर्वाह गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’  थिए ।

प्रचण्ड र वामदेवको घोषित मित्रताको निहीतार्थ

KFC Island Ad
NIC Asia

प्रचण्डले बारम्बार भन्दै आएका थिए– ‘‘एमालेका धेरै नेतालाई प्रधानमन्त्री बनाएर गुन लगाएको छु ।’’ यो कुरा साँचो हो– तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका निर्णायक बन्यो ।
तर, उनले सँगै भन्दै आएका छन्– ‘‘एमालेका अर्को प्रभावशाली नेतालाई गुन फिर्ता गर्न बाँकी छ  ।’’ उनले गुन फिर्ता गर्न बाँकी रहेका पात्र हुन्– वामदेव गौतम ।

वामदेव गौतमसँगको प्रचण्डको घोषित मित्रता आजको होइन । माओवादी ‘जनयुद्ध’ शुरू हुँदादेखिको हो ।

Royal Enfield Island Ad

त्यतिबेला एमाले विभाजन गरेर माले बनाएको र मालेबाट माओवादीमा पठाएको आरोप खेपेका वामदेवलाई पार्टी चलाउनसमेत ‘माओवादीले नै फन्डिङ’ गर्ने गरेको चर्चा तत्कालीन एमालेमा हुने गरेको थियो ।
त्यतिमात्रै नभएर गौतमलाई पार्टी फुटाएको आरोप मेट्न लामो संघर्ष नै गर्नुपर्यो । 

तत्कालीन एमाले र अहिलेको ने  क पाका एक प्रभावशाली नेता भन्छन्, “माओवादीले त्यतिबेला दुईवटा पार्टी सञ्चालनका लागि सहयोग गथ्र्यो, एउटा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको एकता केन्द्र मसाल र अर्को वामदेवको नेकपा माले ।”

त्यसवापत प्रचण्डले तत्कालै लाभ उठाए । मालेका खारिएका कार्यकर्ता प्रवेश गरेकाले माओवादी आन्दोलन विस्तारित पनि भयो ।

त्यसबाहेक प्रचण्डलाई भूमिगत राजनीतिबाट संसदीय राजनीतिमा फर्काउन वामदेवले नै अहम भूमिका खेले । पुरानो मित्रता र जनयुद्धमै सघाएकाले उनलाई अतिरिक्त सम्पर्क–सूत्र चाहिएन । रुकुम, रोल्पा पुगेर वार्ता गर्न र सहमति गर्न सम्भव भयो । र, निर्णायक भूमिका पनि खेले ।

तर, अहिले प्रचण्डको कदम त्यतिबेलाको गुन तिर्नमात्रै केन्द्रित छैन । न उनले भनेजस्तो वामदेवलाई प्रधानमन्त्री बनाउने कार्यभार नै बाँकी हो प्रचण्डको  ।

उनको भित्रि अभिष्ट त ने क पाभित्र पानी धमिल्याएर नेतृत्वमा हाबी हुने हो ।

चार महिना हुँदैछ प्रचण्डले एकताको भान्छामा भात खान थालेको । यसबीचमा पार्टी विवाद, नेता–कार्यकर्ताको मनोदशा र केपी ओली प्रवृत्तिको नाडी छाम्न भ्याइसकेका छन् र यसैलाई टेकेर नेतृत्वमा फड्को मार्दैछन् उनी ।

पार्टीभित्र पोजिसन खोजिरहेका र केपी ओलीलाई घेराबन्दीमा पारेर गुट दर्बिलो बनाउन खोजेका माधव नेपालसँग उनको विचार मिल्दैन । झलनाथ पनि प्रचण्डका लागि सुहाउँदो पात्र होइनन् ।

यसका लागि उपयुक्त पात्र हुन्– वामदेव गौतम ।

रामवीरको राजीनामा घोषणा

संविधानतः तीनवटा अवस्थामा सांसदको पद रिक्त हुन्छ र उपनिर्वाचन गरेर सांसद पद पूर्ति गर्नुपर्ने हुन्छ । पहिलो, सम्बन्धित निर्वाचन क्षेत्रको सांसदको मृत्यु भएमा । दोस्रो, मानसिक सन्तुलन गुमाएमा । तेस्रो, राजीनामा दिएमा ।

राजीनामा दिएपछि काठमाडौं–७ नम्बर क्षेत्र खाली त हुन्छ तर वामदेवलाई सांसद बनाउनुबाहेक राजीनामा दिनुको अर्को कारण छैन । यसले गलत नजीर स्थापित हुनेमात्र होइन जनमतको उपहास हुने विश्लेषक बताउँछन् ।

“यो त लोकतन्त्र र जनमतको दुरुपयोग हो । पाँच वर्षका लागि भनेर जनताकाबीचमा एजेन्डा लिएर जाने । प्रतिवद्धता पूरा गर्छु भनेर आश्वासन पनि दिने । एक वर्ष नपुग्दै ‘मैले छाडेँ, अब उहाँलाई भोट हाल्नूस् है’ भन्नु जनताको अपमान हो,” ने क पाकै नेता भन्छन् ।
तर, यसप्रति नजर अन्दाज गरिरहेका छन् रामवीरले । मंगलबार हँसमुखमा पत्रकार सम्मेलन गरेका सांसद रामवीरले जनताको चाहना विकास भएकाले राजीनामाले जनताको मतको अपमान नहुने भन्दै आफ्नो कदमको बचाउ गरे ।

कसले उक्सायो त राजीनामा गर्न ?

देशभर, आफू निकट (पूर्वमाले)का निर्वाचित सांसद फकाउँदा—फकाउँदा हार मान्नु भएका वामदेवले अन्तिममा रामवीर मनाउन सफल भए । जोगमेहरको पार्टी (राप्रपा)बाट तत्कालीन एमाले प्रवेश गरेका रामवीर केपी ओली गुटका हुन् ।
केपी ओली गुटकै कारण २०७० र २०७४ टिकट हत्याए र चुनाव जिते पनि ।

तर, सांसद पदबाट राजीनामा दिँदा उनले केपीसँग परामर्श गरेनन् ।

‘प्रतिवद्धता पत्र’ प्रचण्डको हातमा थमाएर सोही पत्र विष्णु पौडेलले वाचन गर्दासम्म पनि पार्टी अध्यक्ष ओलीसँग रामवीरले कुनै परामर्श गरेनन् ।

स्रोतका अनुसार प्रचण्ड, वामदेव र विष्णु पौडेलसमेत भएर रामवीरलाई पार्टी केन्द्रीय सदस्य, राष्ट्रियसभाको सांसद र कुनै हालतमा दुई वर्षपछि मन्त्री बनाउने प्रलोभनमा सांसद पदबाट राजीनामा दिन मनाएका हुन् ।

सरकार अस्थिर बनाउने प्रपञ्च !

राजनीतिक स्थिरता र स्थायीत्वको नारा दिएर दुई तिहाई सन्निकट मत प्राप्त गरेको हो वामगठबन्धन अर्थात् ने क पाले । तर, सरकार गठन नहुँदै ने क पाभित्र शक्तिको रस्साकस्सी शुरू भइसकेको छ । माधव नेपालले सदनबाटै सरकारको कामकारवाहीप्रति असन्तुष्टि प्रकट गरे । यसबाट प्रचण्डको मन हाँसेको छ र वामदेवलाई सांसद बनाएर सरकारको सम्भावित उत्तराधिकारी तयार पार्ने दाउमा छन् प्रचण्ड ।

“यो सब मिसनमा भइरहेको छ । यसबाट केपी अनभिज्ञ हुनुहुन्न,” ने क पाका अर्का नेता बाह्रखरीसँगको कुराकानीमा भन्छन् । “प्रचण्ड र वामदेवको ‘घोषित दोस्तीको परिणाम’ लोकतन्त्र र पार्टीका लागि घातक हुन सक्छ,” उनको टिप्पणी थियो ।

माधव नेपाल किन मौन ?

विधि र पद्दतिको कुरा उठाएर पार्टी नेतृत्वसँग लिखित असहमति राखेका छन्, वरिष्ठ नेता नेपालले । त्यसो त उनले आफ्नो असहमतिलाई बैठकको एजेन्डा बनाएका छन् । तर, वामदेव गौतमको सांसद बन्ने दौडधूपप्रति मौनता साँधेका छन् ।  त्यसो त २०६४ सालमा रौतहट र काठमाडौँ दुवै ठाउँबाट पराजित भए पनि मन्त्रिपरिषदको मनोनीत प्रावधानको ‘लुप होल’ (क्षिद्र) पहिल्याएर संसद् भवन छिरेका उनलाई नैतिक संकट परेको हुन सक्छ ।

त्यसबाहेक अर्को कारण पनि छ । गएको साता दुवै अध्यक्ष मुलुक बाहिर रहेका बेला नेता नेपालले काठमाडौँको इन्द्रेणी कम्प्लेक्समा स्थायी कमिटी सदस्य बोलाएर ‘चियाभेला’को आयोजना गरे ।

चिया भेलामा शुरूमै पुगेका नेता वामदेव भने, “अरुले बोलाएको भए म यहाँ आउने नै थिइनँ, तपाईंले बोलाएको हुनाले यहाँ आएको हुँ । दुवै अध्यक्ष कमरेडहरू नभएका बेला केही पर्‍यो भने नेतृत्व गर्ने तपाईं नै हो, तपाईंले बोलाएको हुनाले म आएँ, बोलाएर राम्रै गर्नुभयो ।”

माधव नेपालको पक्ष लिएर अध्यक्ष ओलीलाई ‘काउन्टर’ दिएका थिए त्यतिबेला ।

त्यसबेलाको पटाक्षेप अहिले भएको छ । वामदेव ‘चियाभेला’मा आएवापत नेता नेपालले उनको कदममा मौनता साँधिइरहेका छन् ।

ईश्वर पोखरेल भन्छन्– जंगली महत्त्वाकांक्षा त्यागौँ !

वामदेवको कदमको नेता ईश्वर पोखरेलले घुमाउरो शैलीले कटू आलोचना गरेका छन् । उनले पार्टीभित्र जंगली महत्त्वाकांक्षा हिजो पनि नझाँगिएको र आज पनि झाँगिन दिन नहुने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्‍यायौं । मौलिकतामा आधारित सुसङ्गत विचारका श्रृंखला विकास गर्‍यौँ । सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्वपंक्ति विकास गर्‍यौंं । यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति– विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं— बढिरह्यौं । हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं । फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्‍यौंं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं ! हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं । जनताले नरूचाएका वा जनतालाई हानी पुर्‍याउने कुनै रूमानी ‘संघर्ष’ मा रमाएनौँ, त्यस्ता कुरालाई रुचाउँदै, रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं ! 

अहिले हामी भन्दैछौं —हामी थप एकतावद्ध बनेका छौं ! कता हो कता, शक्तिशाली पनि बनेका छौं ! तर, हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरूरी छ । प्राप्त भएको उचाइसँगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु जरूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौं ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro