site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीको नाममा वार्षिक डेढ अर्ब ठगी, दैनिक ५ उजुरी
SkywellSkywell

काठमाडौं । दलालहरुले वैदेशिक रोजगारीका नाममा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । अमेरिका, जापान र युरोपेली राष्ट्रहरुमा आकर्षक रोजगारीमा लगाईदिने वहानामा उनीहरुले सर्वसाधारणलाई ठगेका हुन् । 

दलालहरुले एकजनासँग एक लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको पाइएको छ । सरकारकै तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा दलालहरुले वैदेशिक रोजगारीको नाममा ५ अर्ब रुपैयाँ ठगी गरेका छन् । “वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगिनेको संख्या पनि बढ्दो छ,” वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले बाह्रखरीसँग भने, “ठगिने ठूलो संख्या खाडी राष्ट्र जानेहरुको भए पनि दलालहरुले ठूलो रकम भने अमेरिका, जापान र युरोपेली राष्ट्र जानेसँग उठाएको देखिन्छ ।” 

पछिल्लो दुई महिना (साउन र भदौ) मा मात्र दलालहरुले ४ सय ३३ जनाभन्दा बढीलाई ठगेका छन् । दुई महिनाको अवधिमा दलालहरुले १९ करोड ४८ लाख १३ हजार १ सय ४१ रुपैयाँ ठगी गरेको दाबी पीडितहरुको छ । यो अवधिमा ठगी गरेका व्यक्तिगत १ सय ८९ र संस्थागत २ सय ४४ गरी कूल ४ सय ३३ ठगीको उजुरी विभागमा परेका छन् । विभागले उजुरीका आधारमा केही दलालहरुलाई पक्राउ गरी ३ करोड ९१ लाख १६ हजार ५ सय रुपैयाँ बिगोसमेत भराएको छ । 

KFC Island Ad
NIC Asia

“सरकारले वैदेशिक रोजगारीमा केही कडाई गर्‍यो कि ठगीका घटना बढी आउँछन् । सरकारले कडाई गर्दा सर्वसाधारण सजिलो बाटो खोज्दै दलालकोमा पुग्ने रहेछन् । अन्तमा सहज बाटो खोज्दा दलालहरुबाट ठगिने गरेको पाइएको छ,” रिजालको तर्क छ ।  

उनको बुझाइमा पछिल्लो केही महिना दलालहरुबाट ठगिनेको संख्या र रकम ह्वात्तै बढ्नुपछिको एउटा कारण मलेसियामा कामदार जाने प्रक्रिया रोकिनु पनि हो । मलेसिया जाने प्रक्रिया रोकिएपछि धेरै दलालकहाँ पुगे, जहाँ उनीहरु ठगिए । खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलाको अवस्था दयनीय भेटिएपछि सरकारले लामो समयदेखि खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा महिलालाई जान रोक लगाएको छ । तर दलालहरुले केही नेपाली महिलालाई चोरबाटो (भारत, श्रीलंका र थाईल्याण्ड) हुँदै खाडी राष्ट्र पुर्‍याएका छन् भने केहीलाई त्यहाँ पुर्‍याउने भन्दै रकम उठाई अलपत्र पार्ने गरेका छन् । यस्तै पीडितहरु ठगिएपछि उजुरी दिन विभाग पुग्ने गर्छन् । 

Royal Enfield Island Ad

“मलेसिया र खाडी राष्ट्र जानेहरुसँग दलालहरुले एक–डेढ लाख रुपैयाँ ठगेको देखिन्छ । तर युरोप, अमेरिका र जापान जाने एक जनासँग औषतमा १८–२० लाख रुपैयाँ ठगेको पाइन्छ,” विभागका सूचना अधिकारी रिजालले भने । 

पछिल्ला वर्षहरुमा युरोप, अमेरिका र जापान जाने प्रलोभनमा परी ठगिनेको संख्या बढ्दो छ । यसैकारण ठगी हुने रकमको आकार पनि ठूलो बन्दै गएको देखिन्छ । अहिले दैनिक कम्तीमा ५ वटा ठगीका उजुरी विभागमा पर्ने गरेको छ । 

विभागको तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्ष २०७४–०७५ मा दलालहरुले १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ वैदेशिक रोजगारको नाममा ठगी गरेका थिए । दलालहरुबाट आफूहरु ठगिएको भन्दै २ हजार १ सय २९ जनाले विभागमा उजुरी दिएका थिए । यो आर्थिक वर्ष एक हजार एक सय ९ वटा व्यक्तिगत र एक हजार २० वटा संस्थागत गरी कूल २ हजार एक सय २९ वटा ठगीका उजुरी परेका थिए । यीमध्ये २ सय ३४ मुद्दामात्र अदालतसम्म पुगेका थिए ।  

“अदालत पुगेका वैदेशिक रोजगारीमा ठगीका धेरै मुद्दामा प्रमाण पुर्‍याउन नसक्दा ठगी गर्नेहरु उम्कने गरेका छन् । प्रमाण जुटाउन नसक्दा अदालतमा मुद्दा स्थापित गर्न सकिएको छैन । पीडितहरुले विश्वासका आधारमा रकम बुझाउँछन्, त्यो बुझाएको प्रमाण (कागजात) उनीहरुसँग हुँदैन,” रिजालले भने । 

विगत ५ वर्षमा दलालहरुले वैदेशिक रोजगारीको नाममा ४ अर्ब ९३ करोड ८१ हजार ९७ हजार ८५ रुपैयाँ ठगी गरेको तथ्यांकक विभागसँग छ । यो अवधिमा व्यक्तिगत र संस्थागत गरी कूल १२ हजार ३ सय ४७ वटा ठगी सम्बन्धित उजुरी विभागमा परेका थिए । 

सरकारले केही वर्षयता वैदेशिक रोजगारमा जानेहरुलाई “निःशुल्क भिसा, निःशुल्क टिकट” भनेपनि तथ्यांकले पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीको नाममा दलालहरुले सर्वसाधारणबाट झन् ठूलो रकम ठगी गरेको देखिन्छ । आर्थिक वर्ष २०७०–०७१ मा दलालहरुले वैदेशिक रोजगारको नाममा १ अर्ब ३ करोड ४४ लाख ७१ हजार ५ सय ५३ रुपैयाँ ठगी गरेका थिए । यस्तै आर्थिक वर्ष २०७१–०७२ मा दलालहरुले ७३ करोड ३९ लाख ५ हजार ८ सय ३० रुपैयाँ ठगी गरेको भेटिन्छ । 

विभागको तथ्यांकमा आर्थिक वर्ष २०७२–०७३ मा दलालहरुले वैदेशिक रोजगारको नाममा ६९ करोड ५० लाख ९३ हजार ५ सय २ रुपैयाँ ठगी गरेको देखिन्छ । यो वर्षको तुलनामा आर्थिक वर्ष २०७३–०७४ मा दलालहरुले ६ करोडभन्दा बढी ठगी गरेका थिए । उक्त वर्ष दलालहरुले ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको थियो । 

वैदेशिक रोजगारको इतिहासमा सबैभन्दा बढी ठगी आर्थिक वर्ष २०७४–०७५ मा भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष दुई गुणा बढी ठगी भएको छ । आर्थिक वर्ष २०७४–०७५ मा दलालहरुले १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ ठगी गरेको तथ्याङ्क विभागसँग छ ।   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro