site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं ।विदेशबाट फर्किएकी एक युवती र दलाललाई मिलाइदिने विचौलियाका कारण दुई प्रहरी अहिले प्रहरी हिरासतमा छन् ।
दलालको सेटिङमा अवैध रुपमा भारत, श्रीलङ्का हँुदै कुवेत पुगेर नेपाल फर्केकी एक युवतीले प्रहरीमा उजुरी गरेपछि प्रहरी नायव निरीक्षक (सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्का पक्राउ परे ।  उनीहरू दुई जनाले गरेर विचौलियाबाट एक लाख रुपैयाँ लिएको रहस्य खुलेको छ । 
अवैध मार्ग हुँदै कुवेत पुगेर एक महिनापछि फर्केकी ती युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइन् । उनको उजुरीको आधारमा प्रहरीले उनलाई कुवेत पठाउने दलाललाई पक्राउ गर्यो । 
प्रहरीका अनुसार उनीहरु मिल्ने र क्षतिपुर्ति दिने सहमती भयो । दुवै पक्ष बाहिरै मिले । विचौलियामार्फत मिलापत्र गरेपछि थाहा भयो विदेश पठाउने दलालसँग प्रहरीको मिलेमतोमा २० लाख रकम लिएको ।
नेपाल प्रहरीका सई निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्काले रकम लिएर उनीरूलाई मिलाउन सहयोग गरेका थिए ।
प्रहरी स्रोतका अनुसार २० लाख दलालबाट बुझेका बिचौलियाले पीडित युवतीलाई एक लाख नगद र डेढतोला बराबरका सुनका गहना र उनको श्रीमानलाई डेढ लाख रुपैयाँ दिएको थियो ।
दुई प्रहरीलाई भने ६० र ४० हजार गरी १ लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर विचौलिया अझै फरार रहेकाले पीडित र विचौलियाको नाम गोप्य राखेको प्रहरीले जनाएको छ ।
बिचौलियाको सेटिङ्मा घुस खाएका प्रहरीद्वय ज्ञवाली र खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिक्रम थापाले बताए ।  
उनले बाहखरीसँग भने,“आर्थिक चलखेलमा लाग्ने प्रहरीको यही हालत हुन्छ ।  दलाल र बिचौलियाको सेटिङ्मा काम गर्ने प्रहरी पनि कारवाहीको दायरामा आउनैपर्छ । पक्राउ परेका दुवै जनालाई कानुन अनुसार कारवाही हुन्छ ।”
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका डीआईजी मिङ्मार लामाको नेतृत्वमा बनेको छानविन टोलीले अनुसन्धान गरीरहेको महानगरीय आयुक्त कार्यालयले जनाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro