site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रारा ताल हेर्न ४० हजार पुगे 

काठमाडौं । “घुमफिर वर्ष–२०७३” सञ्चालनको ९ महिनामा रारा घुम्ने पर्यटकको संख्या ४० हजार पुगेको छ। 

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन वोर्डले सञ्चालन गरेको कार्यक्रमपछि पर्यटन व्यवसायीले प्याकेज मै सञ्चालन गरेकाले उक्त परिमाणमा पर्यटक पुगेको बोर्डले जनाएको छ ।

वोर्डका कार्यकारी सदस्य कृष्ण अर्यालले यो वर्ष रारा क्षेत्रको स्थिर पर्यटनलाई चलायमान बनाएको बताए । घुमफिर वर्ष सञ्चालन भएको नौ महिनामा ४० हजार पर्यटक रारा पुगेको बताउँदै उनले पर्यटक भनेको विदेशी मात्रै  हुन्छन भन्ने भ्रम मुक्त हुदै गएको बताए । 

“स्थिर तलाउमा ढुगा हानेर तरङ्ग पैदा पार्ने काम घुमिफिर वर्षले गरेको छ,” अर्यालले भने, “व्यवसायीले सञ्चालन गरेका कार्यक्रमलाई सहजीकरण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा बोर्डले सहयोग गरेको छ ।” उनले रारा तालको प्रर्वधनमा सोसाइटी अफ ट्राभलर एन्ड टुर्स एसोसियसन नेपाल (सोट्टो) ले प्याकेज मै कार्यक्रम सञ्चालन गरेकाले पनि आन्तरिक पर्यटनमा टेवा पुगेको बताए ।

रारा क्षेत्रलाई प्रर्वधन गर्न ‘रारा बास देखि रारा ताल सम्म’  भन्ने प्याकेज नै सञ्चालन गरेको सोट्टो नेपालले जनाएको छ । नेपालगन्जको आरक्षण क्षेत्र गाँवर भ्याली देखि रारा ताल लगाएत सुदुरपश्चिम क्षेत्रको पर्यटकीय प्रवर्धनमा प्याकेजले महत्वपुर्ण सहयोग गरेको सोट्टोले दाबी गरेको छ । 

सोट्टो–नेपालका अध्यक्ष अनिल लामाका अनुसार रारा क्षेत्रको पर्यटकीय प्रर्वधन गर्न पर्यटन व्यवसायीको अतुलनीय भुमिका रहेको बताए । 

यता तारा ताल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएको गोपाल बलमे पनि यो वर्ष रारा घुम्न अत्यधिक पर्यटन आएको जानकारी दिए । “जसोतसो वर्षभरि २ हजार पर्यटक आउने रारामा ४० हजार पुग्नु उत्साह जनक छ” उनले भने “हामिलाई पाहुनालाई व्यवस्था गर्न समेत हम्मेहम्मे छ ।” उनले रारामा पुग्ने विदेशी पर्यटक गतवर्षको जस्तै भए पनि आन्तरिक पर्यटक नै धेरै घुम्न आएको जानकारी गराए ।   

तस्बिर साभार :

http://cloud.nepbay.com/

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १८, २०७३  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro