site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

इटहरी । पूर्वाञ्चलको विभिन्न सहरमा सातौँ राष्ट्रिय खेलकुद जारी छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत आज चौथो दिनको खेलहरु हुनेछ ।

सातौको तेस्रो दिन सकिँदा हालसम्म एथलेटिक्स विधाको दुई स्पर्धामा एकै व्यक्तिले दुई नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् भने भारोत्तोलनमा एक किर्तिमान बनेको छ । एथलेटिक्सको सटपुट र नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे नयाँ राष्ट्रिय किर्तिमान बनाईन । त्यस्तै भारोत्तोलनमा पुलिसकी देवी चौधरीले महिला ५३ केजीमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।

सातौ अन्तर्गत आज पनि विभिन्न खेलको स्पर्धामा स्वर्णका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् भने केहि खेलको लिग खेलहरु संचालन हुने छ ।

आज हुने खेलहरु -

पुरुष फुटबल  - एन्फा टेक्निकल सेन्टर धरान

पुरुष÷महिला क्रिकेट  -  मोरङ वैजनाथपुर र जनता क्याम्पस इटहरी

पुरुष÷महिला भलिबल  - इटहरी रंगशाला

एथ्लेटिक्स       -  इटहरी रंगशाला (पदक छिनोफानो हुने खेल)

तेक्वान्दो    - इटहरी रंगशाला (पदक छिनोफानो हुने खेल)

उसु        -  अमरसदन धरान (पदक छिनोफानो हुने खेल)

पुरुष बास्केटबल  - डिपोट हाइस्कुल धरान

सेपाकताक्रो  - धरान (पदक छिनोफानो हुने खेल)

पुरुष÷महिला ह्याण्डबल - टंकीसिनवारी विराटनगर आजबाट शुरु

हक्की - डिपिएस स्कुल विराटनगर

सुटिङ  - वैजनाथपुर (पदक छिनोफानो हुने खेल)

टेबल टेनिस - कभर्डहल विराटनगर (पदक छिनोफानो हुने खेल)

पुरुष÷महिला कबड्डी - मोरङ

सफ्ट टेनिस - वैजनाथपुर

पुरुष÷महिला बक्सिङ - चन्द्रगढी खेलमैदान झापा (पदक छिनोफानो हुने खेल)

आइटिएफ तेक्वान्दो - दमक, झापा(पदक छिनोफानो हुने खेल)

ब्याडमिन्टन - काकडभित्ता कभर्डहल, झापा(पदक छिनोफानो हुने खेल)

जुडो - पासाङल्हामु कवर्डहला धुलाबारी, झापा(पदक छिनोफानो हुने खेल)

भारत्तोलन  - राजविराज, सप्तरी(पदक छिनोफानो हुने खेल)

चेस - धनकुटा

पुरुष÷महिला स्क्वास - ललितपुर

पुरुष÷महिला लन टेनिस -  पोखरा  

 

आज सकिने खेलहरु

महिला बास्केटबल - विपि प्रतिस्ष्ठान धरान

फुल कन्ट्याक्ट कराँते - सेमिकवर्ड हल धरान

खोखो  - इनरुवा

कराँते  - शहिद रंगशाला विराटनगर

आर्चरी  - उदयपुर, गाइघाट

 

पदक तालिका – आर्मी अगाडी

जारी सातौ खेलकुदमा  दुई हजार एकसय ४२ पदकका लागि भइरहेको प्रतिस्पर्धामा तेस्रो दिनसम्म २  सय ४९ पदकको टुंगो लागिसकेको छ । र, पदक तालिकामा विभागीय टोलि त्रिभुवन आर्मी क्लबले आफ्नो अग्रता जारी राखेको छ । आर्मीलाई अन्य दुई विभागीय टोली नेपाल पुलिस र एपीएफले पछ्याईरहेको छ ।

तेस्रो दिनसम्मको पदक तालिका -

सहभागी टोली                   स्वर्ण       रजत      कास्य      कुल पदक सङ्ख्या

 

 

 

 

त्रिभुवन आर्मी क्लब                ३६          १९          १३            ६८

नेपाल पुलिस क्लब                 १५          १३         १७          ४५

सशस्त्र प्रहरीको एपिएफ क्लब        ८           ११          १७            ३६

मध्यमाञ्चल  विकास क्षेत्र            ६           १३         १२            ३१

पूर्वाञ्चल   विकास क्षेत्र                 ३        ५            ११            १९

पश्चिमाञ्चल   विकास क्षेत्र           २        १०       १         १३

मध्यपश्चिमाञ्चल  विकास क्षेत्र         २            २           ६              १०

सुदूरपश्चिमाञ्चल   विकास क्षेत्र        २            १           १२             १५

    जम्मा                     ७४         ७४        १०१         २४९

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७३  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro