site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
\'बक्स अफिस\' लागु गर्न विकास बोर्डलाई निर्देशन

काठमाडौं । चलचित्र विकास वोर्डलाई चालु आर्थिक वर्षभित्र बक्स अफिस प्रणाली लागु गर्न सूचना तथा सञ्चार मन्त्रालयले निर्देशन दिएको छ ।

गत साता सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियासहितको मन्त्रालयको एक टोली चावहिलस्थित विकास बोर्डको कार्यालय पुगेर बक्स अफिस प्रणाली लागु गर्नका लागि बोर्डले अहिलेसम्म गरेको प्रगति विवरण माग गरेको थियो ।

“बक्स अफिस भनेको एउटा प्रणाली हो, सफ्टवेर लिंक गर्ने हो,” सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने, “हामीले चालु आर्थिक वर्षको अन्त्य सम्ममा लागु गर्ने गरी काम अगाडि बढाउन भनेका छौं ।”

सञ्चार मन्त्रालयले बक्स अफिस प्रणाली लागु गर्न अर्थ मन्त्रालयबाट तीन करोड रुपैयाँ निकासा गरिदिइसकेको छ ।

“तीन करोड रुपैयाँ निकासा गरिसकेका छौं,” प्रवक्ता ढकालले बाह्रखरीसँग भने, “तीन करोडले पुग्दैन भने ५ करोड, ६ करोड कति चाहिने हो कार्ययोजनाको स्पष्ट खाका लिएर आउनुपर्यो मन्त्रालय रकम निकासा गर्न तयार छ ।”

यता चलचित्र विकास बोर्डले भने जेठभित्रै बक्स अफिस प्रणाली लागु गर्ने बताउँदै आएको छ । बोर्डका अध्यक्ष राजकुमार राईको कार्यकाल जेठमा सकिने भएकाले सोही महिनाभित्र उक्त प्रणाली लागु गर्ने बोर्डको कार्ययोजना रहे पनि यो कार्य निकै चुनौतिपूर्ण रहेको स्रोतको दाबी छ ।

नेपालमा बक्स अफिस लागु नहुँदा चलचित्र प्रदर्शनको पारदर्शी हिसाव गर्ने कुनै प्रणाली छैन । चलचित्रले कति विजनेश गर्छन् ? निर्माता तथा चलचित्र वितरकले दिएको जानकारीलाई नै आधिकारिक मान्नुपर्ने अवस्था छ ।

बक्स अफिस प्रणाली लागु गर्न सबै चलचित्र हलमा ई–टिकेटिङको व्यवस्था हुनुपर्छ । तर अहिले सबै हलले ई–टिकेटिङ प्रणालीमा आफूलाई अपग्रेड गरिसकेका छैनन् ।

यसका लागि हलहरुलाई बोर्डले सहयोग गर्ने तयारी गरेको छ । काठमाडौंका अधिकांश अलहरुमा ई–टिकेटिङको व्यवस्था गरेकोछ भने काठमाडौं बाहिरका थर्ड स्टेशनहरुले यो प्रणालीमा आफूलाई अपडेट गर्न सकेका छैनन् ।

हाल नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमा १८३ वटा हल सञ्चालनमा छन् ।
                                     

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७३  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro