site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । गएको भदौमा हुम्लाका गमन रोक्कालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्यो । उनी काठमाडौंको कलंकीमा दुई वर्षदेखि एक युवतीसँग ‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बसिरहेका थिए । 
रोक्का पर्यटक गाइड हुन् । उनी कामको सिलसिलामा हुम्ला गएका थिए । त्यसैबेला सँगै बस्दै आएकी युवती अर्काे युवकसँग लागिन् रोक्कालाई छाडिदिइन् । त्यही झोंकमा रोक्काले दुई जनाबीचको शारीरिक सम्पर्कको भिडियो समाजिक सञ्जालबाट सार्वजनिक गरिदिए ।  बिहे गर्ने बाचा गरेर आफूसँग बसेकी युवतीले आफ्नो सबै सामान लिएर अर्कैसँग बिहे गरेकाले भिडियो फेसबुकमा अपलोड गरेको रोक्काले प्रहरीलाई बयान दिएका छन् । 
त्यस्तै अर्को घटनामा यही साउन दुई गते काठमाडौंको कीर्तिपुरमा बस्दै आएका प्रकाशचन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गर्यो । ३७ वर्षीय भट्टराई २७ वर्षीया युवतीसँग तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । केही समययता उनीहरूबीच विवाद हुन थाल्यो र उनीहरू छुट्टिए । आफूलाई धोका दिएर अरुसँग लागेको भन्दै भट्टराईले दुई जनाबीचको गोप्य फोटो, भिडियो र एसएमस सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । यो कुरा युवतीको घरपरिवार र नयाँ प्रेमीलाई थाहा थिएन । 
काठमाडौंमा अध्ययनरत अर्की एक युवती पनि करिब साढे तीनवर्ष लिभिङ टुगेदरमा बसिन् । बिदामा घर गएका बेला उनले आफ्नो केटा साथीलाई ‘मेरो भर नपर, म अब काठमाडौं आउँदिन’ भनेर एसएमएस पठाइन् । उनीसँग बस्ने केटा साथीले पनि पहिला भएको सबै गतिविधि फेसबुकबाट सार्वजनिक गरिदिए । 
सहमतिमा लिभिङ टुगेदर बस्ने अनि मतभेद भएपछि रिस फेर्न सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति केही समययता बढेको छ । यस्ता उजुरी प्रहरीमा दैनिकजसो आउने गर्छन् । सामाजिक सञ्जालबाट आफ्नो बेइज्जत भएको भन्दै प्रहरीमा धेरैले उजुरी गर्ने गरेका छन् । यस्ता उजुरीको छानबिन गर्दै जाँदा मुख्य कारण लिभिङ टुगेदर नै देखिने गरेको प्रहरी बताउँछ । 
लिभिङ टुगेदरले विभिन्न खालका समस्या निम्त्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापा बताउँछन् । “सुरुमा कुनै कुराको ध्यान नदिई रमाइलोमा भुलेर सँगै बस्ने अनि पछि आएर विवाद उत्पन्न हुने गरेको देखिन्छ,” थापा भन्छन् । सुरुमा सँगै बसेको घरपरिवारलाई थाहा नहुने र थाहा भएपछि केटीलाई छुटाएर केटालाई फसाउनेसम्मको खेल हुने थापाको भनाइ छ । “लिभिङ टुगेदरले काठमाडौंमा ठूलो समस्या निम्त्याउन सक्छ,” एसएसपी थापाले बाह्रखरीसँग भने  । 
महानगरीय अपराध महाशाखाको साइबर क्राइम युनिटका प्रमुख पशुपति राय लिभिङ टुगेदरका क्रममा असमझदारी बढेर अश्लील भिडियो तथा फोटो सार्वजनिक भएपछि विशेषगरी केटी पक्षका परिवार र आफन्तलाई समस्या पर्ने बताउँछन् । उनका अनुसार गएको असारयता यस्ता खालका ८ सयभन्दा बढी उजुरी परेका छन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा फाँटका प्रहरीका अनुसार युवती पक्षका कतिपय परिवारले केटालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दर्ता गर्ने गरेका छन् । “यस्तो उजुरीले प्रहरीलाई नै संकटमा पार्ने गरेको छ,” उनले भने, “जबर्जस्ती करणीको उजुरी नलिँदा प्रहरीलाई गाल पर्ने, लिँदा केटा पक्ष पीडित हुने ।” उनका अनुसार पहिला समझदारीमा मनपरी गर्ने अनि पछि गएर ‘जबर्जस्ती ग¥यो’ भन्दै उजुरी गर्ने र बार्गेनिङ र्ने परिपाटी छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro