खेल
काठमाडौँ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोना छोड्ने मनस्थितिमा पुगेका छन् । स्पेनिस खेल पत्रिका मार्काले सोमबार मेस्सीले बार्सिलोना छाड्ने मनस्थितिमा पुगेको समाचार प्रकाशित गरेको छ ।
मार्काले आफ्नो प्रिन्ट सस्करणमा मेस्सीले बार्सिलोनासंग सम्झौता नविकरण गर्न पनि अस्वीकार गरेको समचार लेखेको छ । मार्काले मेस्सी क्याटलान क्लब बार्सिलोनामा यस सिजनको अन्त्यसम्म मात्र रहने बताएको छ । यो सिजनपछि मेस्सीले आफ्नो भविष्यको विषयमा अर्को निर्णय गर्ने बताइएको छ ।
बार्सिलोनासँग मेस्सीको अनुबन्धको सम्झौता आगामी ३० जुन सन् २०१८ सम्मरहेको छ । मेस्सीसँगको सम्झौता सकिन आटेपछि बार्सिलोनाले मेस्सीलाई सम्झौता नवीकरण गर्न अनुरोध गरेको छ । तर, मेस्सीले बार्सिलोनाको उक्त अनुरोधलाई अस्वीकार गरेको बताइएको छ ।
२९ वर्षे मेस्सीले क्लब छाड्नका लागि आफ्ना बुबालाई क्लबका अध्यक्ष जोसेफ मारिया बाटरेमेयुसँग कुराकानी गर्न भनेको पनि मार्काले उलेल्ख गरेको छ । एसटी सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि क्लबका अध्यक्ष जोसेफले मेस्सीलाई आफ्नो निर्णयमा पुनःविचार गर्न अनुरोध गरेको मार्काले लेखेको छ ।
१३ वर्षको उमेरदेखि नै बार्सिलोनामा आवद्ध रहेका मेस्सीले पछिल्लो समय बार्सिलोनामा लुइस स्वारेज र नेयमारको छायामा पर्दै आएका छन् । फिफा बर्ष खेलाडी बन्दै पाच पटक बलोन डी’ओरको उपाधि जितेका मेस्सीले क्लबका लागि थुप्रै उपाधि दिलाएका छन् । मेस्सीको प्रेरणादायी भूमिकाले बार्सिलोनाले च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, क्लब वर्ल्डकप लगायतको सबै चर्चित उपाधिहरु जितेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १४:०८
प्रतिक्रिया दिनुहोस्