विदेश
काठमाडौं । इराकी सहर फलुजामा भएको दुई बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको बीबीसीले जनाएको छ । घटनामा इस्लामिक स्टेटको हात रहेको आशंका गरिएको छ ।
आक्रमणकारीहरूले सहरको मध्यभागमा रहेको दुई सैन्य सुरक्षा चौकीमा आक्रमण गरेका थिए ।
जुन महिनामा सरकारी सुरक्षाबल ले फलुजा सहरलाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गरेको थियो ।
बिस्फोटपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ ०७:४२
प्रतिक्रिया दिनुहोस्