site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोठे अवधारणाले कर्णालीको विकास हुँदैन : राज्यमन्त्री तामाङ
 
जुम्ला । कृषि राज्यमन्त्री राधिका तामाङले कोठाभित्रको अवधारणाबाट निर्मित योजनाले कर्णाली विकास हुन नसक्ने बताएकी छन् । 
प्रेस सेन्टर नेपाल जुम्लाद्वारा आइतबार बेलुका आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री तामाङले सिंह दरबारको कोठभित्र कर्णालीलगायतका दुर्गम क्षेत्रका योजनाको अवधारणा तयार हुनु बिडम्बना हो भनिन । 
सिंह दरबारबाट नियालेको कर्णाली यहाँ पुगेर वस्तुगत अवस्थाको अनुभव गर्न पाउँदा सोचेभन्दा माथि पाएको भन्दै यसको समुचित विकासमा राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन । “कर्णाली ६ नं प्रदेशको जुम्ला कृषि सुपर जोनमा छनोट भएको जिल्ला हो, यहाँ उत्पादन हुने स्याउ लागत आम्दानीमा गिरावट आउन नदिन बृहत् कोल्ड स्टोर निर्माण गर्नुपर्छ र अन्य विशिष्ट योजनाका लागि कृषि विकास मन्त्रालयले पहल थालेको छ,” उनले भनिन। 
कृषिको आधुनिकीकरण गर्न दस्ताबेज बनाइसकेको जनाउँदै राज्यमन्त्री तामाङले पछिल्लो समयमा सरकारले किसान आयोग बनाउने पहलमा लागेको छ भनिन् । 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro