site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अघि बढ्यो महाभियोग प्रस्ताव, अब अलमल हुँदैन : सभामुख
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने भन्दै व्यवस्थापिका–संसदमा दर्ता भएको महाभियोग प्रस्ताव अघि बढेको छ ।
आइतबार छोटो समय बसेको संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्तावमाथिको छलफलको मिति र समय तोक्दै प्रक्रिया अघि बढाएकी हुन् ।
त्यसबीचमा कांग्रेसले पनि निर्णय गरिसक्ने उनको विश्वास छ । आइतबारको बैठकमा सभामुख घर्तीले मंगलबार ३ बजे प्रस्तावमाथि छलफल हुने जानकारी दिएकी हुन् ।
बुधबार नेकपा एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । बिहीबार नै छलफलको मिति र समय तय गर्ने तयारी भए पनि प्रधानमन्त्रीको आग्रहमा बैठक स्थगित गरिएको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले महाभियोग प्रस्तावमा अब विलम्व नहुने धारणा राखिन् । “महाभियोग प्रस्तावमा अब विलम्व हुँदैन,” उनले संवाददाताहरुसँग भनिन्, “यो प्रस्तावमा चलखेल हुन्छ कि भन्ने आशंका व्याप्त छ । तर यसमा चलखेल हुँदैन ।” उनले यसअघि  दलहरुकै आग्रहबमोजिम संसद्को बैठक स्थगित भएको जानकारी गराइन् ।
“कांग्रेसमा अझै पनि निर्णय गर्न बाँकी  रहेको जानकारीमा आयो,” उनले भनिन्, “९ गते नै संसद्को बैठकमा प्रस्ताव टेवल हुन्छ । त्यसपछि प्रस्तावमाथि छलफल हुन्छ ।”
यसैबीच महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले महाभियोग प्रस्ताव अब कसैले रोकेर नरोकिने धारणा राखे । सिंहदरबारमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रस्ताव टेवल गर्ने बेला ९ गतेसम्म आफूलाई कसैले मार्न नसके प्रस्ताव टेवल हुने बताए ।  उनले पार्टीभित्र र बाहिरबाट पनि विभिन्न खालका दवाव आएको जानकारी दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC