राजनीति
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले लोकमानसिंह कार्कीमाथि दर्ता गरिएको महाभियोगको पक्षमा रहेको बताएको छ । क्रान्तिकारी माओवादीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सरकार, सत्ता र सरकारी सेवामा रहेका व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस्ता व्यक्तिहरु माथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा आफ्नो पार्टी दृढ रहेको बताइएको छ ।
उक्त पार्टीका प्रवक्ता हरिभक्त कंडेलले जारी गरेको विज्ञप्तिमा सत्तारुढ र प्रतिपक्षी दलहरुको स्वार्थ मिलेर महाअभियोग प्रस्ताव फेल गराउन सक्नेसमेत आशंका व्यक्त गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ १४:०९
प्रतिक्रिया दिनुहोस्