घटना क्रम

तिब्बतमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतको हिमाली क्षेत्रमा सोमबार ६.२ म्याग्निच्युडको भूकम्प गएको एएफपीले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार उक्त भूकम्पको केन्द्र तिब्बतको कमादो सहरबाट करिब  तीन सय किलोमिटर उत्तर पश्चिमी क्षेत्रमा जमिनबाट करिब २५ किलोमिटर तल रहेको बताइएको छ । भूकम्पबाट धनजनमा भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भइसकेको छैन ।

तपाईंको मत