अर्थ व्यवसाय
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य वैंकका कर्मचारी, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा वैंकको डेविट कार्ड होल्डर ग्राहकहरु र तिनका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् ।
सो सम्बन्धमा नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य वैंकबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा बैंक तथा हस्पिटलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५ १९:२३
प्रतिक्रिया दिनुहोस्