site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समृद्धिको नयाँ विमान उडाउने तयारीमा छौं : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको बताएका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले आफूहरु समृद्धिको नयाँ विमान उडाउने तयारीमा रहेको भन्दै ने क पाबाहेक अन्य दलमा पार्टी परित्याग गर्ने पहिरो जाने दाबी पनि गरे । 

“हामी समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं । समाजवादको यात्राको लागि मौरीको साथमा लागेमा फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथ लागेमा फोहोरको थुप्रोमा पुगिन्छ । आज पार्टी प्रवेश गर्ने साथीहरु सबैले मौरीको साथ रोज्नुभएको छ, हामी सबै फूलको थुङ्गामा पुग्छौं,” उनले भने । 

Global Ime bank

“साथीहरुको प्रवेशले रोल्पा र झापा जोड्ने काम भएको छ, सिंगो नेपाल जोडिएको छ, नेपाली जोडिएको छ । नेपाली कांग्रेसबाट पार्टी प्रवेश गर्नुभएका साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरुले ढिलो छोड्नुभयो कांग्रेस । पार्टी स्थापना गरेर सत्तामा पुर्याउनु भएका गणेशमान सिंहले उहिलै कांग्रेस गनायो भनेर छोड्नुभयो, कृष्णप्रसाद भट्टराईले छोड्नुभयो । तपाईहरु किन ढिला ? ढिलै भएपनि कांग्रेस छोड्नुभयो, राम्रो गर्नुभयो । सबैले उचित किसिमको जिम्मेवारी पाउनुहुन्छ,” ओलीले भने ।

कार्यक्रममा ने क पाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले समृद्धिको नयाँ विमान उडाउन लागेको बताए । दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ । तपाईंहरुको प्रवेशले विमान उड्न सहज हुनेछ । सरकार कमजोर पार्नेहरुको लागि तपाईंको प्रवेश गतिलो जवाफ हो ।”

उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबीसमेत गरे । ”ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम हो । आज ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको छ,” उनले भने । कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी उनले गरे ।

कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता ने क पामा प्रवेश गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC