site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बालबालिकाको रिस यसरी सहजै शान्त पार्न सकिन्छ
Sarbottam CementSarbottam Cement

बीबीसी । केही दिनअघि बिहानै पत्रिका पढ्दा एउटा समाचारले ध्यान आकर्षित गर्यो । पत्रिकामा दिल्लीको कृष्णा नगर क्षेत्रमा रहेको एक सरकारी विद्यालयमा एक छात्रले आफ्नै सहपाठीलाई चक्कुले आक्रमण गरेको समाचार प्रकाशित थियो ।
समाचारअनुसार दुबै छात्रहरुका बीचमा बिहानको प्रार्थनापछि झगडा भएको थियो । झगडा बढ्दै जाँदा एउटा छात्रले रिसलाई नियन्त्रण गर्न सकेन र उसले सहपाठीलाई चक्कु प्रहार गर्यो । 

विद्यार्थीहरुबीचमा भएको आपसी झडप यो पहिलो घटना भने थिएन । यसअघिबाटै विद्यालयहरुमा छात्रहरुका बीचमा कुटपिटका घटना हुँदै आएका छन् । तर मनन्योग्य कुरा के छ भने हिंसाका यस्ता कयौं घटनाहरुमा किशोरावस्थाका विद्यार्थीहरुको सहभागीता देखिन्छ । बच्चाहरुमा रिसको यो प्रवृत्ति चिन्ताजनक अवस्था सिर्जना गरिरहेको छ । 

किशोरमा युवाभन्दा बढी रिस
 

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राष्ट्रसंघीय संस्था यूनिसेफको एक प्रतिवेदनअनुसार विश्वभरी कुल १२० करोड किशोर छन्, जसको उमेर १० देखि १९ वर्षको बीचमा छ । यूनिसेफको उक्त प्रतिवेदनमा सन् २०११ को जनगणनाअनुसार भारतमा किशोरहरुको संख्या २४ करोडभन्दा बढी छ । यो आंकडा भारतको जनसंख्याको एक चौथाई हुन आउँछ । 

बालबालिकाहरुमा रिसको प्रवृत्ति उनीहरुको उमेरअनुसार परिवर्तन हुँदै जान्छ । सन् २०१४ मा इन्डियन जर्नल साइकोलोजिकल मेडिसिनमा प्रकाशित एक अध्ययनले किशोरहरुमा किशोरीहरुको तुलनामा बढी रिस देखिने जनाएको छ । उक्त अध्ययनले सहभागी उमेर १६ देखि १९ वर्षका किशोरमा बढी रिस देखिएको जनाएको छ । 

Global Ime bank

त्यस्तै २० देखि २६ वर्ष बीचको उमेर भएकाहरुमा केही कम रिस पाइएको अध्ययनमा देखाइएको छ । अध्ययनले किशोरावस्थामा युवावस्थाको तुलनामा बढी रिस उठ्ने मान्यता स्थापित गर्न खोजेको छ । यसैगरी अध्ययनका क्रममा किशोरहरुमा किशोरीहरुको तुलनामा बढी रिस देखिएको छ । यद्यपी अध्ययनका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका किशोरी मध्ये झण्डै १९ प्रतिशत किशोरीहरु आफ्नो विद्यालयमा कुनै न कुनै प्रकारका झगडामा मुछिएको पाइएको छ । 
यो अध्ययन भारतका ६ प्रमुख स्थानहरुमा ५ हजार ४६७ किशोर र युवामाथि गरिएको थियो । अध्ययनमा दिल्ली, बेंगलुरु, जम्मु, इन्दौर, केरल, राजस्थान र सिक्किमका किशोर र युवा सहभागी थिए । 
यस्तोमा प्रश्न उब्जिएको छ कि आखिर किन बच्चाहरुको यो हिंस्रक प्रवृत्तिका पछाडिको कारण के हो ? 

मोबाइल गेमको असर
 

मनोवैज्ञानिक र म्याक्स अस्पतालका बच्चाहरुका कन्सल्टेन्ट डा. दीपाली बत्रा बच्चाहरु हिंस्रक बन्नुको कयौं कारणहरु रहेको बताउँछिन् । जसको सबैभन्दा महत्वपूर्ण कारण परिवारजनले आफ्नो बच्चालाई कतिसम्म ध्यान दिइरहेका छन् भन्ने बारे पत्ता लगाउनु रहेको उनको भनाई छ । 

डा. बत्रा भन्छिन्, ‘‘ठूला सहरहरुमा आमा–बुवा बच्चालाई पूर्ण रुपले निगरानीमा राख्न सक्दैनन् । बच्चालाई व्यस्त राख्नका लागि मोबाइल फोन दिइन्छ । मोबाइलमा बच्चा हिंस्रक प्रवृत्तिका गेम खेल्छन् ।’’ 

भिडियो गेम बच्चाहरुको मस्तिष्कमा कसरी असर गर्न सक्छ भन्ने प्रश्नको जवाफमा डा. बत्रा भन्छिन्, ‘‘जति पनि हिंस्रक स्वभावका बच्चाहरु म कहाँ आउँछन्, उनीहरुमो दिनमा तीनदेखि चार घण्टा भिडियो गेम खेल्नमै बिताउने गरेको पाइएको छ । ती भिडियो गेमहरुमा एक–अर्कालाई मार्नुपर्ने हुन्छ । जब तपाईंले आफू अगाडि भएको व्यक्तिलाई हान्नुहुन्छ तब मात्रै जित्नुहुनेछ र हरेक मानिसमा हरेक कुरा आफूले जित्नुपर्छ भन्ने भावना रहन्छ । यही कारण भिडियो गेमले बच्चाहरुको स्वभावलाई परिवर्तन गर्दछ ।”

सन् २०१० मा अमेरिकाको सर्वोच्च अदालतले हत्या, यौन हिंसा जस्ता हिंस्रक प्रवृत्तिलाई बढावा दिने शैलीका भिडियो गेम बालबालिकालाई खेल्न नदिन आदेश दिएको थियो । अदालतको फैसलाअनुसार पाँच वर्षअघि क्यालिफोर्नियाका गभर्नरले आफ्नो राज्यमा ‘भ्वायलेन्ट भिडियो गेम’ कानुन बनाएका थिए । उक्त कानुनमा १८ वर्षभन्दा कम उमेर बालबालिकाहरुलाई हिंस्रक भिडियो गेमबाट टाढा राखिने व्यवस्था गरिएको थियो । 

यसका साथै अमेसरकन साइकोलोजीका तर्फबाट गरिएको अध्ययनमा पनि भिडियो गेम मानिसहरुको स्वाभाव परिवर्तनको अहम् कारक तत्व साबित भएको उल्लेख छ । 

पोर्न भिडियोसम्मको सहज पहुँच
 

मोबाइल जसरी इन्टरनेटमा पनि बच्चाहरुलाई सहजै उपलब्ध भए यूट्यूबदेखि  पोर्न भिडियोको दुनियाँमा पनि उनीहरु रमाउन शुरु गर्छन । देहरादुनकी पुनम असवालको छोरा आयुष मात्र ६ वर्षको छ तर उसले इन्टरनेटमा आफूलाई मन परेको भिडियो गेम सजिलै खोज्न सक्छ । पुनमले आफूबाट नै छोराले मोबाइलमा भिडियो गेम हेर्न सिकेको बताइन् । 

उनी आफ्नो छोराको भिडियो गेम हेर्न बानीबाट आजित छिन् । उनले दुःखेसो गरिन्, ‘‘शुरूमा त आयुष मोबाइलमा व्यस्त छ भनेर ठिकै लाग्थ्यो । तर अब यही बानी हैरानी बन्दै गएको छ । उ हिंस्रक कार्टुनका भिडियोहरु हेर्छ । इन्टरनेटमा गाली–गलौज र अश्लील सामग्रीका लिंकहरु पनि हुन्छन् । ति गलत लिंकहरुमा क्लिक गरेर उसले कतै गलत कुराहरु नहेरोस् भनेर डर लागी रहन्छ ।”

पोर्नको असर मापन गर्नका लागि सन् १९६१ मा मनोवैज्ञानिक एलबर्ट बंडुराले एक प्रयोग गरेका थिए । उनले बच्चाहरुलाई एक भिडियो देखाए, जसमा एक व्यक्तिले गुडिया (खेलौना) लाई पिटिरहेका थिए । त्यसपछि उनले बच्चाहरुलाई पनि एउटा–एउटा गुडिया दिए । गुडिया पाएपछि बच्चाहरुले पनि भिडियोमा जे देखेका थिए, त्यही क्रियाकलाप दोहोर्याए । 

आमा–बुवाको आपसी सम्बन्ध 
 

शहरिया जीवनमा आमा–बुवा दुवै काममा भए बालबालिकाहरुका लागि समय मिलाउन असहज हुन्छ । यसका साथै विवाहेत्तर सम्बन्धका घटनाहरु पनि धेरै भइरहेका छन् । आमा–बुवाको आपसमा कस्तो प्रकारको सम्बन्ध छ, त्यसको असर सिधै बच्चाहरुमा पर्ने गर्दछ । 
डा. बत्रा यस विषयमा भन्छिन्, ‘‘सधै शान्त रहन र सभ्य व्यवहार गर्न सिकाउने आमा–बुवा स्वयम् आपसमा झगडा गरेको देख्ने बच्चाले रिस उठ्दा हिंस्रक व्यवहार देखाउँछ । बच्चाहरुको मस्तिष्कमा उनीहरुले चाहेको कुरा पूरा हुनैपर्छ भन्ने कुरा बसेको हुन्छ । कुनै पनि कुरा उनीहरुको चाहनाविपरीत भए बच्चाहरु फरक प्रकारको व्यवहार देखाउँछन् र जसको नतिजाले कयौं समयमा हिंस्रक रुप लिन्छ ।”

आमा–बुवाको आपसी सम्बन्धका साथ–साथै उनीहरुको बच्चाप्रति गरिने व्यवहारले पनि अति नै प्रभाव पार्ने उनको भनाई छ । 

लामो समयसम्म आमा–बुवाको सम्बन्ध सुमधुर नरहे त्यसको असर बच्चाहरुमा उनीहरुको उमेर अनुसार पर्ने गर्दछ । जस्तो नवजात शिशु भए मुटुको धडकन बढ्ने, ६ महिनासम्मको बच्चामा हार्मोनको तनाव महशुस हुने र अलि बढी उमेरको बच्चाले अनिन्द्रा जस्ता समस्याको सामना गर्नु पर्ने बीबीसीमा प्रकाशित सामग्रीमा उल्लेख छ । 

हार्मोनमा परिवर्तन
 

मोबाइल फोन, इन्टरनेटको उपलब्धता र आमा–बुवाको काम हुनु आधुनिक जीवनको उदाहरण हो । तर बच्चाहरुमा हिंस्रक प्रवृत्ति पहिलेपनि देखिँदै आइएको थियो । मोबाइल–इन्टरनेटको अध्याधिक चलन नहुँदा पनि बच्चाहरुले हिंस्रक व्यवहार देखाउथे, यसको कारण के हो ? 

डा. बत्रा भन्छिन् कि किशोरावस्थामा पुग्दा बच्चाहरुमा हार्मोनल परिवर्तन आउन थाल्छ, उनीहरुको मस्तिष्क र शरीरका अन्य अंगहरु तीव्र रुपमा विकसित भइरहेका हुन्छन् । 
उनी भन्छिन्, “किशोरावस्था ११ देख १६ वर्षसम्मको उमेर समूहलाई मानिन्छ । यो अवधिमा तीव्र रुपमा मस्तिष्कको विकास भइरहेको हुन्छ । यो उमेरमा मस्तिष्कमा ‘लजिकल सेन्स’ को भाग विकसित भइरहेको हुन्छ । तर ‘इमोशनल सेन्स’ भएको भाग विकसित भइसकेको हुन्छ । यस्तोमा बच्चा अधिकांश फैसला ‘इमोशनल’ भएर लिन्छन् ।”

बत्राका अनुसार यही कारण किशोरावस्थामा बच्चाहरुको व्यवहारमा उनीहरुको नजिक हुने विभिन्न अवस्थाहरुको सबैभन्दा बढी असर पर्दछ । उनीहरु छिट्टै रिसाउने र कयौं अवस्थामा हिंस्रक हुने गर्दछन् । 

बच्चाको परिवर्तित व्यवहार कसरी जान्ने ?

बच्चाको व्यवहारमा परिवर्तन आएको कसरी पहिचान गर्ने ? यस बारेमा डा. बत्रा भन्छिन्, ‘‘यदि सानै उमेरमा नै बच्चाले विद्यालय जान आनाकानी गरे, विद्यालयमा दिनैपिच्छे अलग–अलग प्रकारका गुनासोहरु आए, साथी बच्चाहरुलाई गाली दिए, कुसै एउटा काममा ध्यान केन्द्रीत गर्न नसकेका लक्षण देखिए बच्चाको व्यवहारमा परिवर्तन आइरहेको छ भन्ने जान्नु पर्दछ र आमा–बुवाले उसमाथि अब बढी ध्यान पुर्याउने समय आएको छ भन्ने मान्नुपर्दछ ।’’ 

यस्तो अवस्थामा बच्चालाई समय दिनु अत्यन्तै आवश्यक हुन्छ । उसलाई बाहिर घुमाउन लैजाने, अलग–अलग खेल खेल्ने, कुराकानी गर्ने, उसलाई सम्झिने र हरेक कुरामा उसका गल्ती–कमजोरीहरु खोज्ने प्रयास गर्नुहुँदैन । 

बच्चाहरुको व्यवहारका लागि ११ देखि १६ वर्षको उमेर अत्यन्तै महत्वपूर्ण हुन्छ । यही उमेरले उनीहरुको पुरै व्यक्तित्व निर्माण गर्दछ । यसै कारण पनि किशोरावस्थामा अभिभावकहरुले बालबालिकाको विशेष ध्यान दिनु अत्यन्तै महत्वपूर्ण छ । 
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC