site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
केएल टावरमा ‘बिग‘ सेल मेला सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीको चाबहिल स्थित के.एल टावरमा ‘बिग सेल’ नामक बिक्री मेला सुरु भएको छ । ४५ वटा भन्दा बढी पसल सहभागी यो मेला नेपालकै ठूला सेल मेला मध्य एक रहेको आयोजकले जनाएको छ । 

मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । ती सामाग्रीमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन पवपभन्न आकर्ष उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँबराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगाएत छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खरिदकर्ताले हरेक साता अमेरिकन टुरिस्टरको लगेज ब्याग, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ‘टीभीएस जुपिटर क्लासीक’ स्कुटर जित्नेछन् । यसका साथै ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहार तथा २ वटा एफ क्यूब सिनेमाको टिकट उपलब्ध गराइने बताइएको छ ।

मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ । चाबहिलस्थित केएल टावरमा ५० वटा भन्दा बढी पसल छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC