site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बंगलादेशले नेपालसँग ५ हजार मेगावाट विद्युत् खरिद गर्ने, २०४१ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल र बंगलादेशले ऊर्जा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममाझ दुई देशबीच लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरे । दुई देशको विद्युत् विकाससम्बन्धी भएको उक्त समझदारीपत्रमा द्विपक्षीय सहकार्यको सुरुवात गरिने उल्लेख छ ।
समझदारीअनुसार दुई देशबीच विद्यमान परम्परागत मित्रतालाई द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमा सहकार्यमार्फत् अभिवृद्धि गरिनेछ । यसका लागि विद्युत् उत्पादन गर्ने, ग्रिड कनेक्टिभिटि, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युतको विकासबाट हुने पारस्पारिक हितलाई क्षेत्रीय हितमा रुपान्तरण गरिने छ । त्यसैगरी दुवै देशका उद्यमीलाई प्रात्साहन गर्ने तथा दक्षिण एसियामा रहेको जलविद्युत् विकासको अथाह सम्भावना तथा सो सम्भावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्यबाट आर्थिक विकास हासिल गर्न सकिने समझदारीपत्रमा उल्लेख छ ।
दुई देशबीचको यो सहकार्यलाई प्रवद्र्धन गर्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदल गठन गर्ने बताइएको छ । 
सम्झौतापत्रमा हस्ताक्षरपछि ऊर्जामन्त्री पुनले बंगलादेश सरकार नेपालबाट तत्काल ५ सय मेगावाट विद्युत् खरिदका लागिसमेत तयार भएको जानकारी दिए । बंगलादेशले यसअघि नै नेपालबाट करिब ५ हजार मेगावाटसम्म विद्युत् खरिद गर्न तयार रहेको बताउँदै आएको थियो । 
सोही कार्यक्रममा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरेका थिए । उनले भारत हुँदै बंगलादेश ऊर्जा भित्र्याउने विषयलाई आगामी बिमस्टेक बैठकमा पनि उठाउने बताए ।
नेपालमा जलस्रोतको अपार सम्भावना रहेको उनको बुझाइ छ । कार्यक्रममा उनले बंगलादेशले देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोनन्ति गर्ने लक्ष्य राखेको जानकारी दिए । त्यसका लागि बंगलादेशका लागि करिब ६० हजार मेगावाट विद्युत् जरुरी रहेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC