घटना क्रम

चीनमा प्रदुषणका कारण वर्षेनी १६ लाखको मृत्यु

चीनमा प्रदुषणका कारण वर्षेनी १६ लाखको मृत्यु

बीबीसी । चीनमा प्रदुषणका कारण हरेक वर्ष १६ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । 

राजधानी बेईजिङ र नजिकै रहेको हबेईमा कोईला उत्खनन् तथा स्टील उत्पादनका कारण निकस्ने धुँवाले आकाशमा कालो बादल मडारिएको जस्तै देखिन्छ भने दिन र रातबीचको फरक देखिँदैन । 

चीनको एउटा कुनादेखि अर्को कुनासम्म धुँवा रुपी बादलले ढाक्ने गरेको बीबीसीले जनाएको छ ।

ग्रीनपीससँग सम्बन्धित एक वेबसाइट ‘अनअथ्र्ड’ का अनुसार जमिनमा ओजोनको प्रदुषणका कारण सन् २०१६ मा चीनका ७० हजार मानिसहरुको समयभन्दा अगावै मृत्यु भएको थियो ।  अनअथ्र्डले अल्ट्राभ्वायलट रेडिएशनलाई रोकेर ओजोनले पृथ्वीमा जीवनको सुरक्षा गरेपनि जमिनमा ओजोनको प्रतिशत बढ्दा श्वास सम्बन्धी अनेक बिरामीहरु हुने गरेको जनाएको छ । 
 

तपाईंको मत