site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं  (रासस) । नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले राससलाई जानकारी दिए । “निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछाँै, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ”, उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्डसबाट फर्किएकाले यसबारे निर्णय गर्न एक दुई दिन लाग्ने उनको भनाइ छ । यता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ ।

त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।

Global Ime bank

चार खेलाडी आइसिसीको वरीयतामा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् । 

आइसिसीले आज सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८औँ स्थानमा परेका छन् । वरीयताको शीर्ष स्थानमा आरोन फिञ्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन् । 

नेपालका बलरद्वय वसन्त रेग्मी र सोमपाल कामी क्रमशः ३९७ अंकसहित ७१औँ ३३८ अंकसहित सो ९२औँ स्थानमा छन् । नेपालले गत साता नेदरल्याण्डस्सँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेपछि नेपाली खेलाडीको वरीयता तोकिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC