site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यी हुन् आईसीसी वरियतामा स्थान बनाएका चार नेपाली खेलाडी, वसन्तले स्टोक्सलाई पनि पछि पारे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टि–ट्वान्टी वरियतामा स्थान बनाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् ।

आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपालका वसन्त रेग्मी बलिङतर्फ ७१औं स्थानमा रहेका छन् । त्यस्तै, बलिङतर्फ नै नेपालका सोमपाल कामी ९२औं स्थानमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वसन्त रेग्मीले भारतका चर्चित स्पिनर तथा अलराउण्डर रविन्द्र जडेजा, पाकिस्तानका उस्मान खान, इंल्यान्डका बेन स्टोक्स, श्रीलंकाका कप्तान एन्जेलो मथेवस, अष्ट्रेलियाका मार्कुस स्टोइनिसलाई समेत पछि पारेका छन् ।

त्यस्तै, ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औं स्थानमा छन् । त्यस्तै, शरद भेषवाकर ९८औं स्थानमा अटाउन सफल भएका छन् । कप्तान पारसले वेष्ट इन्डिजका चर्चित ब्याट्सम्यान कैरोन पोलार्ड, अष्ट्रेलियाका पूर्वकप्तान जर्ज बेली, वेष्ट इन्डिजका पूर्व कप्तान डारेन सामीलाई पनि पछि पारेका छन् ।

Global Ime bank

आईसिसीको टि–ट्वान्टी ब्याटिङ वरियताको शीर्ष स्थानमा अष्ट्रेलियाका कप्तान आरोन फिन्च रहेका छन् । दोस्रो स्थानमा पाकिस्तानका फकर जमान रहँदा भारतका लोकेश राहुल तेस्रो स्थानमा छन् ।  बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहेका छन् भने पाकिस्तानका शदाब खान दोस्रो र न्युजिल्यान्डका इश सोधी तेस्रो स्थानमा छन् । 

टि–ट्वान्टी अलराउन्डर वरियतामा अष्ट्रेलिया ग्लेन म्याक्श्वेल शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, अफगानिस्तानका पूर्व कप्तान मोहमद नाबी दोस्रो र बंगलादेशका शाकिब अल हसन तेस्रो स्थानमा छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC