बीबीसी । नाइजेरियाका प्रमुुख प्रशिक्षक सलिसु युसुफ घूस लिँदै गरेको भिडियो सार्वजनिक भएको छ । अफ्रिका नेसन्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिदिने भन्दै उनले खेल एजेन्टमार्फत् पैसा लिएको भिडियो सार्वजनिक भएको हो ।
बीबीसीले सार्वजनिक गरेको भिडियो अन्डरकभर रिपोर्टरले सन् २०१७ को सेप्टेम्बर महिनामा लिएको हो । युसुफलाई एजेन्टले १ हजार डलर दिएका थिए । उनले हाँस्दै पैसा लिएको भिडियोमा देखिन्छ । युसुफले एजेन्टले भनेअनुसारका खेलाडी छनोट गरेको खण्डमा अझै पैसा थप्ने सम्वादमा भनिएको छ ।
फिफाको आचारसंहिताअनुसार आधिकारिक व्यक्तिहरुले कुनैपनि किसिमको शंकास्पद कार्यमा पैसा वा उपहारसमेत लिन पाउँदैनन् । नाइजेरियाका प्रशिक्षकले भने कुनै पनि खेलाडीलाई खेलाउने प्रतिवद्धता नजनाएको बताएका छन् । युसुफले आफूले कहिलै पनि पत्रकारहरुलाई पैसाका लागि कुरा नगरेको र त्यो आफूलाई अफर गरिएको बताएका छन् । युसुफको नेतृत्वमा नाइजेरिया रसिया विश्वकपमा सहभागी भएको थियो भने समूह चरणबाट बाहिरिएको थियो ।
हेर्नुस् भिडियो
-