साहित्य
काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को गीत सार्वजनिक भएको छ । इन्दिरा जोशीको स्वरमा रहेको ‘रातको कुरा..’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत छ ।
गीतका भिडियोमा प्रियंका कार्की र प्रमोद अग्रहरी फचिर्ड छन् । भिडियोको कोरियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् । श्रेष्ठ चलचित्रकी निर्देशक पनि हुन् । चलचित्रको कथा पनि संगीता स्वयम्ले लेखेकी छन् ।
तीन फरक कथालाई समेटिएको चलचित्र ‘कथा काठमाडौं’ मा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी मुख्य भूमिकामा छन् ।
विजय राईले निर्माण गरेको चलचित्र ‘कथा काठमाडौं’ ले असोज १२ गतेलाई रिलिज डेट लक गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५ १५:११
प्रतिक्रिया दिनुहोस्