site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको छ । समितिको आजर बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्र्रधानन्यायाधिश जोशीको सुनुवाइ साउन १० गते बिहिबार गर्ने निर्णय गरेको हो । 

बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानबिन पनि सुरु गरेको छ । भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको काम सुरु गरेको हो । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । 

समितिको साउन ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाइ प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC