site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रिकेटर फखर जमानको गर्विलो इतिहास
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाकिस्तान क्रिकेटको लागि सन् २००९ इतिहासकै कालो दिन हो । श्रीलंकाली खेलाडी रहेको बसमा आतंककारी हमलापछि अहिलेसम्म पाकिस्तानले क्रिकेटको कुनै पनि प्रतियोगिता आयोजना गर्न पाएको छैन । तर पनि पाकिस्तानले उत्कृष्ट खेलाडी जन्माइरहेको छ । 

विभिन्न अभाव, शोक, रोग तथा संकटले गुज्रिएको पाकिस्तानी क्रिकेटले विश्वस्तरका खेलाडीको उदय गरिरहेको छ । जसको एक उदाहरणको रुपमा परिचित भएका छन्, फखर जमान ।
फखर जवान त्यस्ता खेलाडी हुन्, जसले पाकिस्तानलाई छोटो समयमै गर्व दिलाउने प्रदर्शन गरेका छन् भने आफूतिर सिंगो विश्वको ध्यान तान्न सफल भएका छन् । एक दिवसीय क्रिकेट खेलमा सबैभन्दा छिटो हजार रन बनाउने खेलाडीको रुपमा आफूलाई चिनाएका छन् उनले ।

\"\"फखर जमान १८ इनिङ्समा नै १००० रनभन्दा बढी स्कोर बनाएर सबैभन्दा छिटो हजार रन बनाउने खेलाडी बनेका हुन् । जिम्बाब्वेविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले रेकर्ड बनाएका हुन् । यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ इनिङ्सको १००० रन थियो । वेष्ट इन्डिजका इभा रिचार्डस्, इंग्ल्यान्डका केभिन पिटरसेन, इंग्ल्यान्डकै जोनाथन ट्रोट, दक्षिण अफ्रिकाका डि कक र पाकिस्तानका बाबर अजामले २१ इनिङ्समा १००० रन पूरा गरेका थिए ।

Agni Group

दोहोरो शतकको रेकर्ड
जिम्बाब्वे विरुद्धको खेलमा पाकिस्तानी खेलाडी फखर जमानले २१० रन बनाउँदै कीर्तिमान कायम गरेका छन् । उनले जिम्बाब्वेविरुद्धको चौथो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दोहोरो शतक बनाउँदै यसअघि सइद अन्वारको रेकर्ड तोड्न सफल भए । 

जिम्बाब्वेविरुद्धको सिरिजमा उत्कृष्ट लयमा रहेका फखर जमानले अविजित दोहोरो शतक बनाए । नटआउट रहेका जमानले १५६ बलमै २१० रन जोड्न सफल भए । उनले २४ चौका र ५ छक्का प्रहार गरे ।

Global Ime bank

५ इनिङ्समै ५१५ रन
 

\"\"जिम्बाब्वेविरुद्धको ५ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज पाकिस्तानले क्लिन स्वीप गर्दा नायक बने फखर जमान । उनले उत्कृष्ट प्रदर्शनमात्रै गरेनन्, अकल्पनीय सफलता पनि पाए । उनले पछिल्लो ५ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा मात्रै ५१५ रन बनाएका छन् ।

उनले जिम्बाब्वेसँगको पहिलो खेलमा ६० रन बनाए । ओपनर जमानले जिम्बाब्वेविरुद्धको दोस्रो खेलमा भने शतकीय पारी खेले । उनले ११७ रन बनाएका थिए । तेस्रो खेलमा ४३ रन बनाएका जमानले चौथो खेलमा भने दोहोरो शतकसहित २१० रन बनाए । त्यस्तै, पाचौं खेलमा भने ८५ रन बनाए ।

डेब्यु प्रतियोगितामै पाकिस्तानलाई ठूला उपाधि
२८ वर्षीय जमानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफिबाट डेब्यु गरेका हुन् । उनले आफ्नो डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका थिए । त्यस्तै, च्याम्पियनस ट्रफि प्रतियोगिताबाट डेब्यु गरेका जमानले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

\"\"एकपछि अर्को उत्कृष्ट खेल्दै टिममा स्थान बनाएका जमानले सेमिफाइनलमा इंग्ल्यान्डलाई पाकिस्तानले ८ विकेटले पराजित गर्दा ५७ रन बनाएका थिए । पाकिस्तानको भेट फाइनलमा जब कटट्र प्रतिद्धन्दी भारतसँग भेट भयो, जमान चम्किए । जमानकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले पहिलो पटक आईसीसी च्याम्पियन्स ट्रफि चुमेको थियो ।

भारतविरुद्धको फाइनल खेलमा फखर जमानले ११४ रन बनाएका थिए । फाइनल खेलमा प्लेयर अफ द म्याच घोषित भएका जमान त्यसपछि उनको भाग्य चम्किएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC