site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ । नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दर्भमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गरेका छन् ।  

‘सेतो सुनखानी’ नामक कविता सङ्ग्रहभित्र विभिन्न शीर्षकका ४१ वटा कविता समेटिएका छन् । स्याङ्जाली कवि अर्यालका ती कविताले प्रवास, देश र निजी कुण्ठालाई केन्द्रबिन्दुमा राखेको छ । 

जीवन, जगत्लाई नजिकबाट नियाल्न सक्दा परिपक्व सिर्जना हुन्छ, त्यो पठनीय पनि हुन्छ, सर्वग्राह्य हुन्छ । ठूलाठूला आशाका सपना लिएर खाडीका देश पुगेको तर स्वदेश फर्कदा निराशा एवं कुण्ठा बोकेर आउनुपरेको पीडालाई कविले जीवन्त रुपमा कवितामा सूत्रबद्ध रुपमा उनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कवि पौडेलले जन्मस्थलमा आत्मीयता, सहृदयता हराउँदै गई हरेक विषयमा चरम राजनीतिकरण भएकोमा रोस पोख्दै राजनीतिले पारेका प्रभावलाई प्रहार समेत गरेका छन् । 

वरिष्ठ गद्य स्रष्टा बैरागी काइँलाले शनिबार आयोजित कार्यक्रममा पुस्तक सार्वजानिकीकरण गर्दै नमिलेको जीवन र जगत्लाई कविताले चट्ट मिलाउन सक्छ भने ।  

Global Ime bank

उनले भने, “साहित्यिक विधाहरूमा परिपक्व लेखन हराउँदै जान थाल्यो, आज एउटा रचना ग¥यो, भोलि प्रसिद्धिको चुचेरोमा पुगिहाल्छु भन्ने महत्वाकाङ्क्षा बढ्दै गयो ।” 

“मैले जे देखेँ, जे भोगे त्यही पोखेँ, अब मूल्याङ्कन गर्ने काम पाठकको हो” कविता सङ्ग्रहका रचनाकार अर्यालले भने ।  

रेडियोकर्मी एवं समालोचक डा नवराज लम्साल पछिल्लो समय नेपाली पद्यमा वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा पर जान नसकेकामा चिन्ता व्यक्त गर्दै यस प्रवृत्तिलाई कवि अर्यालका कृतिले छिमल्ने विश्वास व्यक्त गरे ।  

समालोचक एवं अनुवादक महेश पौडेलले पुस्तकमा संग्रहित कवि अर्यालका ४१ वटा कविताले समाजको यथार्य चित्रणमा अब्बल हस्तक्षेप गरेको टिप्णणी गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC