site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो । नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष ०७४÷७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ । 

कूल वस्तु निर्यात १० दशमलव शून्य चार प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको थियो । 

Agni Group
NIC Asia

भारततर्फ आठ दशमलव सात प्रतिशत, चीनतर्फ ९१.६ प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव एक प्रतिशतले निर्यात बढेको छ । 

अलैंची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ । 

Global Ime bank

सोही अवधिमा आयात भने २३ दशमल शून्य पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब सात अर्ब ३५ करोड पुगेको छ । वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव शून्य तीन प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले बढेको छ । 

मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ । 

त्यसैगरी कृषि औजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय