site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानीकर्ताले गरे मौद्रिक नीतिको स्वागत, भारित औसत गणनामा सेयर कर्जा जोखिमदर भने यथावत्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आव २०७५–७६ को लागि सार्वजनिक गरेको मौद्रिक नीतको स्वागत गरेका छन् । लगानीकर्ताहरुले लामो समयदेखि राख्दै आएका केही माग सम्बोधन हुँदा उनीहरुले मौद्रिक नीतिले पुँजी बजारका धेरै पक्षलाई सम्बोधन गरेको बताएका हुन् ।

सेयर लगानीकर्ता संघ नेपाललले प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुलाई सहायक कम्पनी मार्फत ब्रोकरको रुपमा सेयर कारोबार गर्न बाटो खोलिदिनु, मार्जिन कलबाट समस्या भोगिरहेका लगानीकर्तालाई राहत दिन २० प्रतिशतसम्म सेयर अबमूल्यन हुँदा पनि मार्जिन कल नआउने व्यवस्था गर्नुले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने जनाएको छ । यसका साथै तरलताको समस्या सम्बोधन गर्दै समाधान गर्ने प्रयासस्वरुप सीसीआर ४ प्रतिशतमा झार्नु, भारतीय मुद्रा समेत मान्य हुने गरी पुँजीको २५ प्रतिशत ऋण ल्याउन पाउनु लगायत नीतिलाई संघले सकारात्मक मानेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, लघुवित्त संस्थाहरुको आफ्नो कोषको लागतमा तोकिएको प्रशासनिक खर्चको अतिरिक्त ६ प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर कायम गर्न पाउने व्यवस्था गरिनु, विपन्न वर्गको कर्जामा वाणिज्य बैंक, विकास बैंक र वित्त संस्था समेतले कर्जामा ५ प्रतिशत छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभावपार्ने आशा गर्न सकिने संघको बुझाई छ । 

यद्यपि, सेयर ऋण लिनको लागि ८० प्रतिसतसम्म मार्जिन ऋण माग गरिएको, भारित औसत गणनामा सेयर कर्जाको जोखिमदर १५० प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने जस्ता मागहरु सम्बोधन हुन नसक्नु दुःखको विषय रहेको संघको बुझाइ छ । सेयर बजारलाई प्रत्यक्ष असर पार्ने यी विषयमा यथाशीघ्र संशोधन गरी लगानीकर्ताका माग सम्बोधन गर्न समेत संघले आग्रह गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC