site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंकर तथा व्यवसायीको प्रतिक्रिया– मौद्रिक नीति अर्थतन्त्रको ‘पर्फेक्ट मिक्स्ड ब्याग’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार सार्वजनिक भएको मौद्रिक नीतिमाथि बैंकर तथा व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिमाथि प्रतिक्रिया जनाउँदै बैंकर व्यवसायी तथा निजी क्षेत्रले यसलाई ‘मिक्स्ड ब्याग’ भएको प्रतिक्रिया दिएका हुन् ।

यसका नकारात्मकभन्दा सकारात्मक पक्ष धेरै भएको भन्दै ती पक्षलाई बिर्सन नहुने उनीहरुको धारणा छ । प्रस्तुत छ बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा व्यवसायीको प्रतिक्रिया 

ज्ञानेन्द्र ढुंगाना, अध्यक्ष, नेपाल बैंकर्स संघ

Prabhu Bank
Agni Group
NIC Asia

हामीले चाहेअनुसारको मौद्रिक नीति आएको छ । बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न यो नीति सफल हुन्छ । लगानी योग्य रकम तरलताको जुन समस्या थियो, त्यो समाधानमा भोलिका दिनमा ब्याजदरको स्थायित्व यो मौद्रिक नीतिले आत्मसात् गर्न सक्छ । यसमा राष्ट्र बैंकले विशेष ध्यान दिएको छ ।

हामीले सीसीडी हटाउन माग गरेका थियौं । तर, राष्ट्र बैंकले सीसीडीलाई सहयोग गर्नेगरी डिबेन्चरलाई सीसीडीमा गणना गर्न पाउने व्यवस्था भयो । सीआरआर घट्यो, एसएलआर घट्यो, ग्रामीण क्षेत्रका शाखाको सीआरआर गणना गर्नु नपर्ने व्यवस्था भयो । पुनकर्जाको सीमा बढेर ३५ अर्ब पुर्याइयो ।

Global Ime bank

विदेशबाट पैसा ल्याउँदा हेजिङको व्यवस्था भयो । भारुमा ऋण ल्याउन पाइने भयो । यी व्यवस्थाले बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजीको अभावको समस्या अब अन्त्य हुने देखिन्छ । मौद्रिक नीतिका नकरात्मक पक्ष केही छैनन् । सबै सकरात्मक छन् ।

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

हाम्रा धेरै सुझाव समावेश गरेर मौद्रिक नीति ल्याइएको छ । हामीले ठूलो समस्याको रुपमा रहेको व्याजदर कम हुनुपर्छ भनेका थियौ । सिआरआर रेसियोमा पनि केही कम गरिएको छ । यसले केही मात्रामा भएपनि तरलता बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ । पुनकर्जाको लागि पनि मौद्रिक नीतिले सम्बोधन गरेको छ ।

यता सोधान्तर घाटामा भएको वृद्धी हाम्रो लागि ठूलो चुनौति हो ।  महंगी नियन्त्रण गर्ने भनेर बजेटमा पनि भनिएको थियो । मौद्रिक नीतिमा पनि भनिएको छ । तर यो रोक्न भने गाह्रो देखिन्छ । करको दर बढाएको, न्यूनतम तलब पनि बढाएको अवस्थामा इन्फ्लेसनलाई नियन्त्रण गर्ने कुनै पनि मापदण्ड यहाँ देखिएको छैन् ।

हाम्रो आन्तरिक र बाह्य ऋण पनि निकै सन्तुलनमा रहेको छ । यस्तो अवस्थामा मौद्रिक नीति तथा बजेटमा लिईएका लक्ष्य पनि यथार्थपरक छन् । हामी एकदमै उत्साहि छौं । त, पनर्कर्जा लगायत विविध विषयका विस्तृत विवरण आउन बाँकी छन् । त्यो सबै आएपछि थाह हुन्छ ।

कमलेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्स
 

मौद्रिक नीति विस्तारित तथा सन्तुलित छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेकाले यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि विस्तारित मौद्रिक नीति ल्याउनुपर्छ ।”  “फण्ड फ्लो” गर्ने अर्थात् मौद्रिक उपकरण नगद सुरक्षण अनुपात (सिआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा नगद निक्षेप अनुपात (सिडी) लाई खुकुलो गर्नुपर्छ ।

प्रकाशराज शर्मा, वरिष्ठ उपाध्यक्ष, लघुवित्त बैंकर्स संघ
 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट लघुवित्त क्षेत्रले धेरै अपेक्षा राखेको भए पनि त्यसको सम्बोधन भएको छैन । लघुवित्त वित्तीय संस्थाहरुलाई श्रोत व्यवस्थापनको ठूलो समस्या भएपछि मौद्रिक नीतिले सम्बोधन गर्न सकेको छैन । 
मौद्रिक नीतिले ब्याजदर लगायतका विषयमा भने राम्रो सम्बोधन गरेको छ ।

अनिल केसरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक
 

बजेटलाई सम्बोधन गर्नेगरी मिश्रित मौद्रिक नीति आएको छ । ग्रामीण क्षेत्रका बैंक शाखामा वैधानिक तरलता अनुपात (एसएलआर) र नगद मौज्दात अनुपात (सिआरआर) नलाग्ने मैद्रिक नीतिमा उल्लेख हुनु सकारात्मक विषय हो । मौद्रिक नीतिका व्यवस्थाले व्याजदरको समस्या समाधान हुँदै जाने पक्का छ । सिआरआर घटाइँदा बैंकहरुमा केही लगानीयोग्य रकम पनि जुट्ने छ ।

सेयर कर्जाका साथै मार्जिन कलका सम्बन्धमा नीतिले गरेको व्यवस्थाबाट सेयर बजारका लगानीकर्ता उत्साहित बन्नु पर्ने देखिन्छ । वाणिज्य बैंकलाई सेयर दलाल व्यवसाय संचालनको बाटो खुल्ला भएकाले सेयर बजार अब रिङरोड भित्र मात्र सीमित हुँदैन ।

राजनसिंह भण्डारी, प्रमुख कार्यकारी अधिकृत, सिटिजन्स बैंक इन्टरनेसनल

समग्रमा मौद्रिक नीति सकारात्मक छ । संस्थागत निक्षेप दुरुपयोग हुन नदिनेतर्फ सम्बद्ध पक्ष सधैंँ सचेत रहनुपर्छ ।

कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी विकास बैंक 

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने पकका छ । यसले विद्यमान वित्तीय समस्यालाई सम्बोधन गरेको छ ।

शोभनदेव पन्त,प्रमुख कार्यकारी अधिकृत, बैंक अफ काठमाडौं
 

बजारमा तरलता अभाव अन्त्य गर्ने लक्ष्यका साथ प्रस्तुत मौद्रिक नीतिले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने मेरो विश्वास छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC