एजेन्सी । विश्वकप फुटलबलको क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेविरुद्ध दोब्बर अग्रता बनाएको छ । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले गोल गर्दै २–० गोलको अग्रतामा पुरयाएका हुन् ।
खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो ।
यसअघि फ्रान्सले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफमा उरुग्वेले एकपछि अर्को बल प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्सले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।
रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा छन् ।
उरुग्वे २ पटकको विश्वकप विजेता हो भने फ्रान्स एक पटकको विश्वकप विजेता हो । उरुग्वेले सन् १९३० र १९५० को विश्वकपको उपाधि उचालेको थियो । यता, फ्रान्सले भने सन् १९९८ को विश्वकप जितेको थियो ।