देश
काठमाडौं । भुटानी शरणार्थी डा. भम्पा राई र उनकी श्रीमति उर्मिला राईको जिवन रक्षाको लागि सबैसँग अपिल गरिएको छ ।
१९५० मा जन्मिएका राईको निशुल्क स्वास्थ्यको माग सरकारसँग गरिएको छ भने श्रीमति राईका दुवै मृगौलामा समस्या देखिएकाले निशुल्क डाइलासिसको व्यवस्था गरिदिन आग्रह गरिएको थियो ।
पत्रकार तथा मानवअधिकारवादी कनकमणि दीक्षितले विगत २६ वर्षदेखि नेपालमा शरण लिएर बसेका राइले नेपाल सरकारलाई सहयोगका लागि आग्रह गरेको भए पनि स्वास्थ्य र अर्थ मन्त्रायलले बेवास्ता गरेको बताए । कार्यक्रममा भुटानी शरणार्थी नरबहादुर गिरीले शरणार्थी समस्या संवेदनशील भएकाले बेवास्ता नगर्न आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५ १९:४६
प्रतिक्रिया दिनुहोस्