एजेन्सी । विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले अग्रता लिएको छ । खेलको ६८औं मिनेटमा नै अर्को गोल गर्दै फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–२ गोलको अग्रता बनाएको हो ।
खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेट पछि अर्को गोल गर्दै फ्रान्का लागि हो । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो ।
यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका हुन् । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको छ ।
यसअघि खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रता दिलाएका थिए ।
यसअघि पहिलो हाफसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । एक गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले पहिलो हाफको अन्तिम समयमा गोल फर्काउँदै १–१ गोलको बराबरीमा पुर्याएको थियो ।
अर्जेन्टिनाका एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । उनले खेलको ४१औं मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत गरेका थिए ।
यसअघि खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको मार्कुस रोजोले आफ्नो डिबक्सभित्र फल बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । अहिले खेल २–२ गोलको बराबरीमा चलिरहेको छ ।
विजयी हात पार्दै विश्वकपको क्वाटरफाइनलमा पुग्ने दुबै टिमको लक्ष्य रहेका छन् ।