site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने 
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । अभियुक्त लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको बाह्रखरीसँगको कुराकानीमा जानकारी गराए ।

“उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ,” उनले भने, “सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।”

Royal Enfield Island Ad

उक्त दफामा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’ उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro