site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । भुटानी यू–१९ महिला टिमसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली यू–१९ टोली १–१ को बराबरीमा रोकिएको छ । 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । नेपालकी सुशिला केसीले गोल गर्दा भुटानकी फुन्सो छोदेनले बराबरी गोल फर्काइन् ।

खेलको ४८औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा नेपालले अग्रतालाई कायम राख्न सकेन । 

खेलको ८०औँ मिनेटमा भुटानकी छोदेनले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काइन् । यसपछि थप गोल नहुँदा नतिजा १–१ को बराबरीमा टुंगियो ।

यसअघि भुटानको यू–१६ सँग शुक्रबार भएको मैत्रीपूर्ण फुटबलमा नेपाली यू–१६ महिला टिम ५–१ ले पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro