साहित्य
काठमाडौं । हाँस्य कलाकार किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ निर्माणको घोषणा गरेका छन् । केसीले आफ्नो ६० औं जन्मदिनको अवसरमा चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
‘दाल भात तरकारी’ लाई सुदन केसीले निर्देशन गर्नेछन् । सुदन किरणका छोरा हुन् । कमेडी जनराको चलचित्र मह सञ्चारको ब्यानरमा निर्माण हुनेछ ।
छायांकन भदौबाट सुरु हुने किरणले जानकारी दिए । किरणका अनुसार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौलालगायतका कलाकारले अभिनय गर्नेछन् ।
तस्बिरः किरण केसीको फेसबुकबाट
प्रकाशित मिति: शनिबार, असार १६, २०७५ ०७:०३
प्रतिक्रिया दिनुहोस्